logo
२०८१ बैशाख १८ मंगलवार



जहाजभित्रै सुन र नगद चोरी !

राष्ट्रिय |


जहाजभित्रै सुन र नगद चोरी !


गोरखापत्र अनलाइन,

काठमाडौं, भदौ ८ गते ।

चोरी कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार राहदानी नम्बर क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु, सिनजोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरलाईन्सबाट बुधबार काठमाडौं आउने क्रममा डेनिस नागरिकले जहाजभित्रै सुन र नगद चोरी भएको थियो । सोही अनुसार नेपाल प्रहरीले अनुसन्धान गर्दा शनिबार बिहान टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरुलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?