logo
२०८१ मंसिर ८ शनिवार



गुँला पर्व समापन आज

राष्ट्रिय |


गुँला पर्व समापन आज


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १४ गते । एक महिना स्वयम्भु महाचैत्य लगायत बौद्ध विहार वहाः वही परिक्रमा गरी मनाइएको गुँला पर्व शनिवार समापन हुँदैछ । सांस्कृतिक महत्वको यो पर्व साउन १७ गते सुरु भएको थियो । केन्द्रीय मानन्धर सङ्घका सदस्य अमर मानन्धरका अनुसार महिना दिनको यो पर्वमा बाजागाजा सहित बौद्ध स्तुती पारायण गर्दै काठमाडौँका सवै विहार वही लगायतबाट सयौँ बौद्धमार्गी सहभागी भए, शनिवार झिसमिसेमा भव्य जनसहभागितावीच यो पर्व सकिँदैछ ।
गुँला समापनसँगै शनिवार साँझदेखि नै शक्तिपीठ परिक्रमा गरिने यँलापर्व सुरु भएको छ । गुँलामा बिहान बौद्ध चैत्य र यँलामा साँझ शक्तिपीठ परिक्रमा गरिन्छ । काठमाडौँ सिद्धिचरणचोक दफ्तरका सत्यनारायण मानन्धरका अनुसार पचली भैरव, कङ्केश्वरी, लुचुभुलु अजिमा, विजेश्वरी, रक्तकाली लगायतका शक्तिपीठमा पाठ पारायणका साथ गुँलामा सहभागी भएकाले शक्तिपीठ परिक्रमा गर्ने चलन छ । पशुपति क्षेत्रमा जेष्ठ नागरिक सन्तराम डङ्गोलको अगुवाइमा आकाश भैरवका गुठियारद्धारा भइरहेको गुँला उत्सवपनि शनिवार नै सकिएर यहाँ पनि यँला सुरु हुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?