logo
२०८१ जेष्ठ ३ बिहीवार



उपकप्तान ज्ञानेन्द्र मल्ल टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने

राष्ट्रिय |
खेलकुद |


उपकप्तान ज्ञानेन्द्र मल्ल टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने


प्रजित शाक्य,

काठमाडौँ, भदौ १७ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा आयोजना हुने पाँच टिम सहभागी टि २० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा नखेल्ने बताउनुभएको छ ।

नेपाली क्रिकेट टिमका मिडिया म्यानेजर सुरज शाक्यले मङ्गलबार निकालेको विज्ञप्तिमा नेपालका प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्रले व्यक्तिगत कारणले गर्दा प्रतियोगितामा खेल्न नसक्ने उल्लेख छ । सो प्रतियोगिता आगामी अक्टोबर ५ देखि १० सम्म हुँदैछ । प्रतियोगितामाआयोजक ओमान र नेपालसहित हङकङ, आयरल्यान्ड र नेदरल्यान्ड् सामेल छन् ।

ओमानले यो प्रतियोगिता विश्वकप टि २०को अन्तिम चयन ग्लोबल छनोट प्रतियोगिताको तयारीस्वरुप आयोजना गरेको हो । नेपाल दोस्रो चरणबाटै विदा भइसकेको छ । तर अन्य चार राष्ट्र ग्लोबल छनोटको तयारीमा छ । नेपालका लागि भने यो दक्षिण एसियाली खेलकुदको तयारी हुने भएको छ । नेपाली क्रिकेट थिटम अहिले साग खेलकुदका लागि त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेको छ । सो अभ्यासमा ज्ञानेन्द्र पनि सहभागी हुनुहुन्छ ।

ज्ञानेन्द्र नेपालका लागि अन्तर्राष्ट्रिय टि२० मा सर्वाधिक तेज अर्धशतक लगाउने ब्याट्सम्यान हुनुहुन्छ । उहाँले मलेसियाविरुद्ध २० बलमै बनाएको अर्धशतक कीर्तिमानको रुपमा रहेको छ । ज्ञानेन्द्र विना नेपालले पहिलो पटक टि२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । सोमपाल कामीसँगै ज्ञानेन्द्र नेपालका लागि सवाृधिक टि२० खेल्ने क्रिकेटर पनि हुनुहुन्छ ।

गत महिना सिङगापुरमा भएको पाँच टिम सहभागी आईसीसी टि–२० विश्वकप एसिया फाइनल्स २०१९ मा ज्ञानन्द्र र कप्तान पारस खड्काको जोडी जमेपछि नेपालको ब्याटिङमा लामो समयदेखि देखा परेको प्रारम्भिक जोडीको समस्या हल भएको थियो । तर ओमानमा पुनः नेपालले नयाँ प्रारम्भिक जोडीको प्रयोग गर्नुपर्ने भएको छ ।

प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग अक्टोबर ६ तारिखमा खेल्नेछ । नेपालले अको दिन नेदरल्यान्ड्स, अक्टोबर ९ तारिखमा आयरल्यान्ड र अक्टोबर १० तारिखमा ओमानसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?