logo
२०८१ मंसिर ९ आईतवार



दूधको मूल्य प्रतिलिटर ६ रुपियाँ बढाउने तयारी

२१ गतेबाट लागू हुन सक्ने

राष्ट्रिय |


दूधको मूल्य प्रतिलिटर ६ रुपियाँ बढाउने तयारी


गोरखापत्र अनालाइन
काठमाडौं, भदौ १८ गते । दुग्ध विकास संस्थानले विक्री गर्ने दूधमा प्रतिलिटर छ रुपियाँ बृद्धि हुने भएको छ । सोही अनुसार आधा लिटरका प्रति प्याकेट तीन रुपियाँ मूल्य वृद्धि गर्ने तयारी भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

दुग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले साँझ ६.०० बजे गोरखपवात्र अनलाइनसँग कुरा गर्दै मन्त्रालयबाट दूधको मूल्य बृद्धि गरी त्यसको ६९ प्रतिसत कृषकले पाउने गरी व्यबस्था मिलाउन पत्र प्राप्त भएको र केही बेरमा बोर्डको बैठक बसी मूल्य वृद्धि गरिने बताउनुभयो ।

उहाँले हाललाई स्ट्याण्डर मिल्कमा प्रतिलिटर छ रुपियाँ र आधा लिटरको प्रति प्याकेटमा तीन रुपियाँ वृद्धि गर्ने प्रस्ताव गरिएको बताउनुभयो ।

साथै, दूग्ध विकास संस्थानबाट उत्पादन हुने अन्य उत्पादन गाईको दूध र होल मिल्कमा भने कति वृद्धि गर्ने भन्ने टुङ्गो नभएको बताउनुभयो ।

दूग्ध विकास संस्थानबाट उत्पादन हुने दही घिउ आदिमा भने दशैं अघि मूल्य वृद्धि नहुने बताउनुभयो । आज निर्णय हुने मूल्य भने २१ गतेबाट लागू हुन सक्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?