logo
२०८१ मंसिर ९ आईतवार



शिक्षा रोजगारी दिन सक्ने खालको हुनुपर्दछ

राष्ट्रिय |


शिक्षा रोजगारी दिन सक्ने खालको हुनुपर्दछ


अर्जुन काफ्ले
स्याङ्जा, भदौ २२ गते । गण्डकी प्रदेशका सभामुख नेत्र अधिकारीले शिक्षा रोजगारी दिन सक्ने खालको हुनुपर्ने बताउनु भएको छ ।

४० औं शिक्षा दिवस एवं अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार पुतलीबजार नगरपालिका १ स्याङ्जामा मन्तब्य राख्दै अधिकारीले अहिलेको शिक्षाले बेरोजगार मात्र उत्पादन गरेको बताउनुभयो ।

शिक्षा सबै ठाउँमा बिक्ने खालको हुनु पर्ने बताउदै अधिकारीले बिश्वमै बिक्ने शिक्षा प्रद्धतिको बिकासमा गण्डकी प्रदेश लागि परेको बताउनुभयो ।

शिक्षा सर्वसुलभ, जिवन उपयोगी हुनुपर्ने बताउँदै अधिकारीले नेपालको शिक्षाको कारण परनिर्भर बन्नु परेको बताउनभयो ।

निशुल्क शिक्षा जनताको मौलिक अधिकार भएको बताउँदै अधिकारीले अधिकारका कार्यान्वयनको लागि अदालत जानपाउने अधिकार रहेको बताउनुभयो ।

मौलिक अधिकारको खोजीमा अदालतमा पुगेका नागरिक नपाउने अवस्था भएमा सडकमा जानुपर्ने बाध्यता आउने र सबैको लागी दुःखद हुने अधिकारीको भनाई थियो ।

सबै ठाउँमा तीनवटै तहको सरकारको समान जवाफदेहिता रहेको बताउँदै अर्यालले संघीयता सहकार्य र सहअस्तित्वमा रहेको बताउनुभयो ।

शिक्षाको १२ कक्षा सम्मको ब्यवस्थापकीय जिम्मा स्थानीय तह र अन्यको केन्द्रको रहेको बताउँदै अधिकारीले शिक्षाको क्षेत्रमा काम गर्ने ठाउँ प्रदेशलाई नभएको बताउनुभयो ।

दुई किसिमको शिक्षाको अन्त्य गर्नुपर्ने बताउँदै अधिकारी आउने समस्याको समाधानको जिम्मा सरकारले लिएर कामलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।

नेपालको विकासको गति धिमा रहेको बताउँदै अधिकारीले अबको केही समयमा फड्को मार्ने बताउनुभयो ।

उहाँले जनताको बलिदानीबाट बनाएको संविधानमा लेखिएको काम गर्न नसकेमा जवाफ दिनुपर्ने बताउनुयभो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ्, दिपक चर्तिमगर, नगरप्रमुख सीमा कुमारी क्षेत्री लगायतले अहिलेको खाँचो प्राविधिक शिक्षाको भएको बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?