गोरखापत्र समाचारदाता
भक्तपुर, असोज ३ गते । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सातौँ महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म भक्तपुरमा हुने भएको छ ।
शुक्रबार दिउँसो १ बजे सल्लाघारीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।
महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी रणनीति, विधान संशोधन र वर्तमान राजनीतिबारे दृष्टिकोण निर्माण गर्ने जनाइएको छ ।