शिवशंकर मिश्र ।
बारा, असोज १३ गते । आलम मोटरसाईकल वर्कशपको हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।
सिम्रौनगढ नगरपालिका–७ स्थित बजार एरियामा रहेको अंसारी वर्कशपका सञ्चालक सोही ठाउँका हरिहरपुरटोल निवासी वर्ष २१ को फैजुल्लाह अंसारीको मृत्यु भएको हो ।
हावा भर्ने क्रममा सोमबार दिउँसो ११ बजे ट्यांकी विष्फोट हुुँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घाईते हुनेमा सोही ठाउँका टेटाटोल निवासी वर्ष १७ का मेराज आलम रहेका छन् ।
वर्कशप बिक्रीका लागि देखाउँदै गरेको हाँवा ट्यांकी चलाउने क्रममा अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले बताउनुभयो ।
घाईते आलमको कलैया अस्पतालमा उपचार भई थप उपचारको लागि वीरगंजको नेशनल मेडिकल अस्पतालमा पठाइएको प्रहरीका प्रवक्ता समेत रहनु भएका राठौरले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।