logo
२०८१ मंसिर १० सोमवार



सभामुखमाथि गलत आरोप लगाएको दाबी

राष्ट्रिय |


सभामुखमाथि गलत आरोप लगाएको दाबी



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । सभामुख कृष्णबहादुर महराको बारेमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई उहाँको निजी सचिवालयले खण्डन गरेको छ ।
सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार साँझ एक विज्ञप्ति जारी गरी सभामुख महरालाई निकै गम्भीर आरोप लगाएको भन्दै यस्तो कुरा कल्पना पनि गर्न नसकिने बताउनुभएको छ । उहाँले सभामुख महराको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको बताउँदै त्यसमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्नुभएको छ । समाचारमा आएको जस्तो चस्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चस्मा आफैसँग रहेको जनाइएको छ ।
सभामुख महराले त्यस प्रकारको जुत्तासमेत प्रयोग नगरेको पनि विज्ञप्तिमा उल्लेख छ । सभामुख महराले संसद् सचिवालयमा कार्यरत एक महिलालाई दुव्र्यवहार गरेको समाचार बाहिर आएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?