logo
२०८२ जेष्ठ ३० बिहीवार

 नेकपा सचिवालय बैठक 



सभामुख महराले पदबाट राजिनामा दिनु पर्ने निर्णय

राष्ट्रिय |


सभामुख महराले पदबाट राजिनामा दिनु पर्ने निर्णय


सुरेशकुमार यादव

काठमाडौं, असोज १४ गते । नेपाकको सचिवालय वैठकले सभामुख कृष्णबहादुर महराले सभामुख र संसद सदस्य पदबाट राजीनामा दिनुपर्ने निर्णण गरेको छ ।

मङ्गलबार प्रधानमन्त्री निवास बालुबाटारमा बसेको बैठकले उहाँमाथि लागेको आरोपका सन्दर्भमा सो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक पछि जानकारी गराउनुभयो ।

उहाँलाई संसद सचिवालय मै कार्यरत एक महिला माथि बलात्कार प्रयासको अरोप लगाउनु भएको थियो यस अघि सञ्चार माध्यमहरूमा अरोपसम्बन्धी समाचार सार्वजनिक भएपछि सभामुख महराको सचिवालयले विज्ञप्तिमा उक्त आरोपको खण्डन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?