logo
२०८१ मंसिर १० सोमवार



ओभरसियर र प्रधानाध्यापक पक्राउ

राष्ट्रिय |


ओभरसियर र प्रधानाध्यापक पक्राउ



गोरखापत्र समाचारदाता
काठमाडौं, असोज १५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको लायन्स इन्जिनियरिङ निर्माण र परामर्श प्रा.लि. टोखाका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले ओभरसियर चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाण पत्र लिन र नगरपालिकाका कर्मचारीलाई मिलाउनका लागि सेवाग्राहीसँग घुस लिएको जानकारी दिनुभयो ।
यसैगरी, कपिलवस्तुको एक विद्यालयमा शिक्षक नियुक्तिमा सहजीकरण गर्ने नाममा सेवाग्राहीबाट घुस लिने प्रधानाध्यापकसहित दुईजना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित बालज्योति मावि बिसनपुरका प्रधानाध्यापक रबिन्द्रकुमार मौर्य र कार्यालय सहयोगी राम लोनियालाई नियन्त्रणमा लिएको हो ।
प्रवक्ता कोइरालाले प्रअ मौर्य र कार्यालय सहयोगी लोनियाले सेवाग्राहीबाट ४० हजार रुपियाँ घुस लिएको जानकारी दिनुभयो । उहाँले दुबैजनालाई कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटास्थित न्यु सिद्धार्थ होटल हाउसमा सेवाग्राहीबाट घुसवापतको रुपियाँ लिइरहँदा पक्राउ गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?