logo
२०८१ मंसिर १० सोमवार



‘सीको भ्रमण इतिहासकै महत्त्वपूर्ण हुने’

राष्ट्रिय |


‘सीको भ्रमण इतिहासकै महत्त्वपूर्ण हुने’



चाँदनी हमाल

काठमाडौँ, असोज १८ गते । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुनु ठूलो अवसर भएकाले परराष्ट्र मन्त्रालयले गम्भीरतापूर्वक तयारी गर्नुपर्ने बताउनुभएको छ । मुलुकको महìवपूर्ण कुरा भएकाले सुरक्षाको सन्दर्भमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने औँल्याउनुहुँदै गोरखापत्रसँगको विशेष कुराकानीमा उहाँले भ्रमणलाई सफल बनाउन कुनै कदम बाँकी राख्नु हुँदैन भन्नुभयो । उहाँसँगको कुराकानी :

व्यग्र प्रतीक्षामा छौँ
नेपाल र चीन दुईवटा छिमेकी मुलुक हुन् । दुवै देश हिमालयबाट जोडिएका छन् । पहाड र पर्वतबाट जोडिएका छन् । नदी र नालाबाट जोडिएका छन् । अनेकन महìवपूर्ण ‘इकोलोजिकल जोन’हरूबाट जोडिएका छन् । जनता मात्र एकआपसमा आवतजावत गर्दैनन्, सीमाबाट हाम्रा अनेकन महìवपूर्ण वन्यजन्तुहरू, चराचुरुङ्गीहरू पनि आउने–जाने गर्छन् ।
प्राचीनकालदेखि नै हाम्रो सम्बन्ध चीनसँग रहिआएको छ । हामीले प्राचीनकालदेखि नै यो सम्बन्धलाई निरन्तर विकास गर्दै आइरहेका छौँ । यो सम्बन्ध विकास गर्ने क्रममा अनेकन ऐतिहासिक व्यक्तित्वले महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । जस्तै– अरनिको, भृकुटी र विभिन्नले महìवपूर्ण भूमिका निर्वाह गरेका छन् । हाम्रो देशबाट बुद्धिजमको सुरुआत भयो । यसले पनि दुई देशलाई धार्मिक तथा सांस्कृतिक रूपले घनिष्ठता बनाएको छ ।
सामाजिक, सांस्कृतिक र अन्य सबै क्षेत्रमा हाम्रो देशमा सम्बन्ध विकसित हुँदै आएको पाइन्छ । यी सम्बन्धलाई थप विकास गर्ने क्रममा सन् १९५५ अगस्ट १ मा औपचारिक द्विपक्षीय सम्बन्ध कायम ग¥यौँ । यो दौत्य सम्बन्ध कायम भएपछि दुई देशको सम्बन्ध नयाँ उचाइमा उठेका छन् । लामो अवधिको मैत्री सम्बन्धका बीचमा अनेकन पक्षहरूमा बहुआयामिक सहयोगहरू विकसित भइरहेका छन् ।

तयारीमा ध्यान पु¥याऊँ
उच्चस्तरमा चीनबाट नेपाल भ्रमण नभएको निकै समय भएको छ । खासगरी नेपालका नेता र सरकार प्रमुखको भ्रमण हुने क्रम जारी छ । हाम्रो देशका राष्ट्रपतिको केही समयअघि चीन भ्रमण भयो । अनि प्रधानमन्त्रीको भ्रमण भएको छ । विदेशमन्त्रीको भ्रमण भएको छ तर चीनको तर्फबाट सरकारको उच्चस्तरको नेताको नेपाल भ्रमण निकै लामो समयदेखि थाती रहेको अवस्था छ ।
सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको भ्रमण सम्पन्न भएको थियो । त्यो भ्रमणपछि फेरि हामीले अर्को राष्ट्रपतिलाई धेरै समय पर्खनु परेको छ । हामी नेपाली साँच्चै नै चीनका राष्ट्रपतिको भ्रमणको व्यग्र रूपले प्रतीक्षामा छौँ । अब यसपटक राष्ट्रपति सीको भ्रमण दुई देशको सम्बन्धको इतिहासकै धेरै महìवपूर्ण भ्रमण हुनेछ ।
दुई देशबीचमा पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध रहिआएको छ । त्यसै आधारमा हाम्रा सरसहयोगहरू पनि बढ्दै आइरहेका छन् । तिनै सरसहयोगलाई थप उचाइमा पु¥याउने कुरामा महामहिम राष्ट्रपति सीको भ्रमणले योगदान गर्नेछ भन्ने मलाई लाग्छ ।
अहिले नेपाल पनि आफ्नो विकासको एउटा नयाँ उचाइमा आइपुगेको छ । हामीले २०६२÷६३ को परिवर्तन गरेका छौँ । १० वर्ष लगाएर भए पनि नयाँ संविधान निर्माण गरेका छौँ । आमनिर्वाचनमार्फत तीन तहका सरकार हामीले गठन गरेका छौँ । केन्द्रमा मात्रै पनि करिब दुई तिहाइको बहुमतको सरकार छ ।
यो सरकार नयाँ नीतिका कार्यक्रमका साथ विकासमा लागेको छ । यो नयाँ निर्माण गर्ने काममा लागिरहँदा हाम्रासामु विकास र निर्माणलाई अगाडि लाने धेरै महìवपूर्ण कार्यसूची छन् ।
ती कार्यसूचीकै बारेमा यसपटक राष्ट्रपति सीको नेपाल भ्रमणका सन्दर्भमा बढी मात्रामा कुराकानी हुनेछ । हाम्रो विकास र निर्माण नै अबको मुख्य कार्यसूची भएको हुनाले कसरी चीनजस्तो विकसित मुलुक जो संसारको दोस्रो आर्थिक महाशक्ति राष्ट्रको दिशामा तीव्र रूपले अगाडि बढिरहेको छ । ठूला सफलताहरू प्राप्त गरिरहेको छ ।
जनगणतन्त्र स्थापनाको ७०औँ वार्षिकीका अवसरमा जुन किसिमको आफ्नो उपलब्धिको चर्चा चीनले गरिरहेको छ, ती अभूतपूर्व छन् । विश्व हल्लाउने किसिमका परिवर्तन भएका छन् । चीनका यस्ता महìवपूर्ण उपलब्धिबाट पनि नेपालले लाभ लिन सक्नुपर्छ । चीनले प्राप्त गरेका ती अभूतपूर्व अनुभवबाट नेपालले सिक्नुपर्ने अवस्था छ । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राख्दै हामीले दुई देशबीचका सम्बन्ध र सहयोगलाई अगाडि बढाउन छलफल गर्नुपर्छ भन्ने लाग्छ ।

खुलापन देखाउनुपर्छ
चीनजस्तो एउटा विशाल शक्तिका राष्ट्रपतिसँग कुराकानी गरिरहँदा स्वाभाविक रूपले हाम्रा देशका कार्यसूची आउँछन् । ती विकासका कार्यसूची भनेको अहिले राजमार्ग निर्माण गरिरहेका छौँ, त्यसको प्रस्ताव गर्नुपर्ने हुन्छ ।
त्यसैगरी हामी हाम्रो जलस्रोतको विकास गरिरहेका छौँ । विभिन्न जलविद्युत् योजनाका कुरा अघि बढाउनु पर्छ । हाम्रो देशमा प्रचूर मात्रामा जलविद्युत् उत्पादन हुनसक्छ र हामी छिमेकी देशहरूसँग त्यो जलविद्युत् प्रसारण गर्न सक्छौँ । त्यसका लागि ट्रान्समिसन लाइनको कुरामा जोड दिनसक्छौँ ।
अहिले विश्वमा कनेक्टिभिटीको कुरा अत्यन्त जोडदार रूपमा उठिरहेको छ । नेपाल र चीनका बीचमा पनि ‘कनेक्टिभिटी’लाई जोड दिनुपर्ने आवश्यकता छ । सडक ‘कनेक्टिभिटी’ले मात्र पुग्दैन । हामीलाई विद्युत् र दूरसञ्चार ‘कनेक्टिभिटी’ मात्रले पनि पुग्दैन, ‘रेलवे कनेक्टिभिटी’ पनि चाहिन्छ । यो रेलवे ‘कनेक्टिभिटी’ अहिले एउटा दुई देशका बीचमा अत्यन्त महìवपूर्ण मुद्दाका रूपमा रहिरहेको छ । यीबाहेक अन्य विभिन्न शैक्षिक क्षेत्रमा विश्वविद्यालय निर्माण गर्ने कुरामा पनि सहकार्यका लागि छलफल गर्न सक्छौँ ।
काठमाडौँको चक्रपथ निर्माण गर्ने काममा पनि चीनको सहयोग छ । बाहिरी चक्रपथ निर्माणको क्रममा पनि चीनको सहयोगको अपेक्षा नेपालले लिनुपर्ने हुन्छ । यस्ता विविध क्षेत्रहरूमा दुई देशका बीचमा विकासका सम्भावना छन् । ध्यान केन्द्रित गरेर वार्तामा खुलापन देखाउनुपर्छ ।
चीन र नेपालको व्यापार सम्बन्ध धेरै लामो समयदेखि कायम छ । हामीले किराँतकालदेखि नै सम्बन्धलाई विकास गर्दै आएका छौँ । व्यापारिक सम्बन्धका क्षेत्रमा विकासका जुन व्यापक सम्भावना छन्, तिनलाई केलाउन र उपयोग गर्ने वातावरण बनाउनु पर्छ । दुई देशको व्यापारमा अझै पनि हामी घाटामा छौँ । त्यो घाटालाई पुरताल गर्न चीनले धेरै ठूलो सहुलियत घोषणा गरेको छ । आठ हजारभन्दा बढी वस्तुको भन्सार शुल्क निःशुल्क गरे पनि ती वस्तु चीनमा निकास गर्न सकेका छैनौँ, जसका लागि नेपालका उद्यमी, व्यापारीले पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।
प्रखर नेता सी
राष्ट्रपति सी वास्तवमा चिनियाँ समाजवादबाट विकास गरिएका विभिन्न नेतामध्ये अलि बढी प्रखर र दूरदृष्टि भएका नेताका रूपमा मैले देख्छु । उहाँले सन् २०१३ देखि अहिले २०१९ सम्मको शासनकालमा चीनको समाजवादी आधुनिकीकरणको प्रक्रिया अगाडि बढाउने सिलसिलामा माक्र्सवाद लेनिनवादका सिद्धान्तलाई चीनको वास्तविकतामा सफलतापूर्वक नेतृत्व गर्नुभएको छ ।
नेतृत्व गर्ने सिलसिलामा उहाँले जुन प्रकारका कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य अगाडि सार्नुभएको छ र अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई विकास गर्ने सिलसिलामा जुन प्रकारले ती कुराको सम्मुच्च रूपमा चिनियाँ कम्युनिस्ट पार्टीले उहाँका विचारलाई सी जिनपिङ विचारधाराका रूपमा परिभाषित गरेको छ । यी सबै काम गर्ने कुरामा उहाँका लोकप्रियता अत्यन्त महìवपूर्ण बनेको छ ।
उहाँ चीनका आम जनतासामु अत्यन्त लोकप्रिय र विद्वान् राष्ट्रपतिमध्येका एक हुनुहुन्छ । उहाँ चीनका विभिन्न ठाउँमा भ्रमण गरेर यथार्थ स्थिति बुझिरहने नेताका रूपमा पनि देखा पर्नुभएको छ ।
सी विचारधारा भनेको माक्र्सवाद लेनिनवादका आधारभूत सिद्धान्तलाई चीनको समाजवादी आधुनिकीकरणको प्रक्रियामा लागू गर्दा विकसित भएका कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र लक्ष्यहरूको समुच्च हो । यो माक्र्सवाद लेनिनवादकै एउटा रूप हो । सी जिनपिङ विचारधाराका बारेमा नेपालका कम्युनिस्टले प्रशिक्षण लिए भनेर केही समय अगाडि यहाँ हल्ला चल्यो । यो हल्लाभन्दा बढ्ता केही पनि हैन, चीनको कम्युनिस्ट पार्टी र नेपालको कम्युनिस्ट पार्टी बीचका सन् १९५० को दशकदेखि नै राम्रो सम्बन्ध रहिआएको छ ।
हामी यति लामो समयदेखि दुईवटा पार्टी भाइचाराको सम्बन्धमा छौँ । हामीले एकले अर्काबाट निरन्तर सिक्दै आइरहेका छौँ । सम्बन्धलाई निर्वाह गर्नेक्रममा यसपटक चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नतेृत्वमा चिनियाँ प्रतिनिधिमण्डलले भ्रमण ग¥यो र हाम्रो पार्टीसँग वार्ता, अनुभव र विचारको आदानप्रदान ग¥यो । त्यसले दुईवटा पार्टीबीचको सम्बन्ध राम्रो बनेको छ तर चिनियाँ कम्युनिस्ट पार्टीले यहाँ आएर नेपाल कम्युनिस्ट पार्टीलाई प्रशिक्षण गरेको होइन ।
त्यसैले सी विचारधारा भनेको वैचारिक कुरा पनि हो । राजनीतिक कुरा पनि हो । आर्थिक कुरा पनि हो । यो बीआरआईसँग पनि सम्बन्धित छ र यो विश्वदर्शनसँग पनि सम्बन्धित छ । त्यसकारण यो कुनै खास विचारधारासँग मात्र सम्बद्ध छैन, अलिक व्यापक छ । विस्तृत छ । आक्षेप लगाउनेले के कुरा बुझ्न सकेनन् भने विश्वमा दुई सय देश छन् । हरेक देशमा आफ्नै कम्युनिस्ट पार्टी छन् । तीमध्ये चिनियाँ कम्युनिष्ट पार्टी एउटा पार्टीमात्रै हो ।
अबको दुनियाँमा कुनै एउटा पार्टीले एक्लै हिँड्न सम्भव छैन । त्यसरी चिनियाँ कम्युनिस्ट पार्टीले पनि अरूलाई प्रशिक्षण गर्ने कुरा सम्बन्धको विकास गर्नेसँग जोडिएको छ । हाम्रो पार्टीले पनि विश्वका डेढ सय बढी कम्युनिस्ट पार्टीसँग सम्बन्ध विकसित गरेको छ । आफ्नो स्वतन्त्र कार्यदिशा, नीति र कार्यक्रमका आधारमा आफ्नो देशको क्रान्ति वा निर्माणको काममा हामी लागिरहेका छौँ ।
सी विचारधाराजस्तै भनिने पूर्वएमालेले विकसित गरेको जनताको बहुलवादलाई हाल नेपालको कम्युनिस्ट पार्टीले मुल्तबीमा राखेको छ । पार्टीमा त्यसबारेमा बहस र छलफल बनाए पनि पार्टीको मार्गदर्शन यही भनेर तोकिएको छैन । माक्र्सवाद र लेनिनवाद नै मुख्य सिद्धान्त छ ।
सन्तुलित सम्बन्धको सन्देश दिनुपर्छ
नेपाल चीन र भारतजस्तो दुई ठूला मुलुकका बीचमा रहेको यथार्थ छ । यस्तो अवस्थालाई ध्यानमा राखेर दुवैतिर सन्तुलित गरेर लानुपर्ने आवश्यकता छ । हाम्रा सम्बन्धको भित्री आयाम बलियो बनाउने तर बाह्य सन्तुलनका सिद्धान्तअनुसार सम्बन्ध विकासको सन्देश यस भ्रमणका क्रममा दिनुपर्छ । यसले हाम्रो देशको राष्ट्रिय हितलाई प्रवद्र्धन गर्न सघाउँछ ।
विश्वका कुनै पनि देशलाई मैत्रीपूर्ण विकास गर्नका लागि हामी निरन्तर प्रयत्नशील छौँ । अब यो विश्वमा कुनै पनि एउटा देश अर्को देशको शत्रु हुन सक्दैन । हाम्रो देशका निम्ति विश्वका सबै देश मित्र देश हुन् । सम्बन्धलाई गहिरो बनाउन, व्यापक बनाउन, समुन्नत बनाउन र विकसित गर्न दृढ प्रतीक्षामा छौँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?