logo
२०८१ मंसिर १० सोमवार



सीले केही बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै

राष्ट्रिय |


सीले केही बेरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै


गोरखापत्र अनलाइन
काठमाडौं, आसोज २५ गते । नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवीसँग राष्ट्रपति भवन शितल निवासमा केही बेरमा शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।
राष्ट्रपति सी आजै भारतबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि अपरान्ह राजधानी आइ पुग्नु भएको हो ।
उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको अतिविशिष्ठ कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्नु भएको थियो । सो अबसरमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाको टुकडीले विमानस्थल मै सलामी अपर्ण गरेको थियो ।
राष्ट्रपतिको स्वागतका लागि सडकमा नेपाल सरकारका कर्मचारी, विभिन्न संघ संस्थाका पदाधिकारी तथा सर्वसाधारणको ठूलो उपस्थित रहेको थियो ।
उहाँले आज साँझ प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै राष्ट्रपति सी उहाँको सम्ममान राष्ट्रपति भण्डारीले आयोजना गर्नु भएको राजकीय भोजमा सहभागी हुनु हुने कार्यक्रम रहेको छ । सो अबसरमा नेपाली सांगीतिक टोली सुरसुधाले राष्ट्रपतिको सम्मानमा सांगीतिक प्रस्तुती गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै आइतबार राष्ट्रपति सी ले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुका साथै मध्यान्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता हुनुका साथै नेपाल र चीनबीच हुने केही द्वीपक्षीय सम्झौताको हस्ताक्षर कार्यक्रम उपस्थित हुनु हुने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?