logo
२०८१ मंसिर १० सोमवार



विदेशी सञ्चार माध्यममा सीको भ्रमणलाई प्राथमिकता

राष्ट्रिय |


विदेशी सञ्चार माध्यममा सीको भ्रमणलाई प्राथमिकता



उपेश महर्जन
काठमाडौं, असोज २६ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने नेपालको औपचारिक भ्रमणलाई विदेशी मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
चिनियाँ समाचार संस्था पिपुल्स डेल्लीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले चीन र नेपालबीचको मित्रता नयाँ युगमा प्रवेशमा गरेको शीर्षकमा प्रकाशित गरेको छ ।
स्वच्छ मौसम भएको राम्रो हिमाली देश नेपालका जनताले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई उत्साहपूर्वक स्वागत गरिएको समाचारमा उल्लेख गरिएको छ ।

त्यसैगरी, अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले ‘लगानीसँगै नेपालमा सीको आवगमन र भारतले नियालिरहेको’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
समाचारको उपशीर्षकमा लेखिएको छ, ‘भारतको छिमेकी देश नोपालमा चिनियाँ राष्ट्रपतिको भ्रमणले आर्थिक र रणनीतिक महत्वकांक्षा बारे थप उजागर गर्नेछ ।’
समाचारमा दुई दशकपछि भएको उच्चस्तरीय भ्रमणले दक्षिण एसियालाई एक रक्षा र ट्रान्जिट प्राजेक्टको रणनीतिक केन्द्र बनाउने बेजिङको बढ्दो आकांक्षा प्रदर्शन गरिएको उल्लेख छ ।
विगतकालदेखि भारतको आत्मनिर्भर हुने परिपाटीलाई परिवर्तन गर्दै नेपालले चीनसँग पनि समदुरी प्रयोग गरेकाले चिनियाँ करोडौं डलरको लगानी भित्रिएको ब्यहोरा उल्लेख गरिएको छ ।

त्यसैगरी, भारतबाट प्रकाशित हुने ‘टाइम्स अफ इन्डिया’मा सीले सीमा रक्षाबारे वार्ता भएको शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
नेपाल पुग्नु अगावै नेपालमा हुने लागेको समझदारी र सम्झौताबारे चिनियाँ राष्ट्रपति सीले सार्वजनिक गर्नुभएको समाचारलाई उल्लेख छ ।
भ्रमण अघि नेपाली मिडियामा प्रकाशित चिनियाँ राष्ट्रपति सीको विशेष सम्बोधनलाई पनि यस मिडियाले प्रकाशित गरेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?