logo
२०८१ मंसिर १० सोमवार



प्रधानमन्त्री ओली र सी बीच वार्ता सम्पन्न

राष्ट्रिय |


प्रधानमन्त्री ओली र सी बीच वार्ता सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २६ गते । नेपाल र चीनबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्ता सम्पन्न भएको छ । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्व गर्नुभएको थियो । वार्ताको सुरुवात गर्नुहुँदै प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभयो । लगत्तै चिनियाँ राष्ट्रपति सीले सम्बोधन गर्नुभएपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश पाएको थियो ।
दुवैपक्षबीच वार्ताको सहमतिमा पत्रमा हस्ताक्षर गर्ने तयारी हुँदैछ । यसअघि छलफल भइसकेको बहुआयामिक सम्पर्क सञ्जाल सम्बन्धि मुद्दा नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको थियो । सञ्जाल अन्तगर्त हिमालय वारपार चीन र नेपालबीच सडक, रेल्वे, विद्युत प्रसारण लाइनले जोडने विषयमाथि दुवै देशका अधिकारीहरुबीच पटक पटक छलफल भएको थियो । तयारी पुरा भएको विषयलाई चिनियाँ राष्ट्रसित सी चिनफिङको नेपाल भ्रमणको क्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिने दुवै देशले तयारी गरेको थियो ।
काठमाडौंको होटेल सोल्टीमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु वार्तामा सहभागी हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच वार्ता शुरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?