logo
२०८१ मंसिर १० सोमवार



सांसद मोहम्मद अफताब आलम पक्राउ

राष्ट्रिय |


सांसद मोहम्मद अफताब आलम  पक्राउ


यादवराज पुरी

रौतहट, असोज २६ गते । रौतहट क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद अफताब आलम आइतबार विहान पक्राउ पर्नुभएको छ ।

पहिलो संविधानसभा निर्वाचनको समयमा आलम निवासमा भएको बम विस्फोट घटनाबारे अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वि.सं. २०६४ साल फागुन २७ गते नेपाली काँगेसका नेता आलमको घर नजिक बम बनाउने क्रममा बम विस्फोट हुँदा घाइते आठजनालाई उहाँले ईंट्टाभट्टामा जलाएको अभियोग लागेको थियो ।

बम विस्फोट घटनाका सम्लग्न दुईजनाको बयानका आधारमा अनुसन्धानको लागि उहाँलाई पक्राउ गरेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताउनुभयो ।

प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सादा पोसाकमा खटेका प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरीको संयुक्त टोलीले उहाँलाई पक्राउ गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?