logo
२०८१ मंसिर १० सोमवार



नेपाल चीनबीच दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर

राष्ट्रिय |


नेपाल चीनबीच दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २६ गते । नेपाल र चीनबीच द्विपक्षीय उच्च स्तरको औपचारिक वार्तापछि दर्जन बढी समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा दुवै देशका परराष्ट्र मन्त्री र सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुले समझदारी पत्र आदान प्रदान गर्नुभयो ।
नेपालले प्राथमिकता साथ उठाएको हिमालय वारपार सम्पर्क सञ्जाल निर्माण सम्बन्धमा समेत समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्पर्क सञ्जालबारे अध्ययन गर्न नेपाल र चीनबीच संयन्त्र गठन गर्ने सहमति गरेको छ । त्यसैगरी, सुरुङ मार्ग निर्माण, सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण लगायतको विषय समेटिएको छुट्छाछुट्टै समझदारी पत्रमा हस्ताक्षरपछि आदान प्रदान भएको हो ।
त्यसैगरी, दुई देशबीच बुटवल–सियान र काठमाडौं तथा चीनको नान्जी सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको हो ।
सम्झौता पत्र आदानप्रदान अघि भएको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली प्रतिनिधिमण्डलको र चिनियाँ राष्ट्रपति सी चिनफिङले नेतृत्व गर्नुभएको थियो । वार्ताको सुरुवात गर्नुहुँदै प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभयो । लगत्तै चिनियाँ राष्ट्रपति सीले सम्बोधन गर्नुभएपछि वार्ता औपचारिक रुपमा कार्यसूचीमा प्रवेश पाएको थियो ।
काठमाडौंको होटेल सोल्टीमा ११ बजेर १० मिनेटबाट सुरु भएको वार्ता करीब ४० मिनेट चलेको थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मामिला सम्बन्धी मन्त्री वाङ यीसहित दुवै देश उच्च पदस्थ अधिकारीहरु वार्तामा सहभागी हुनुहुन्थ्यो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?