logo
२०८१ मंसिर १० सोमवार



आलम सांसद पदबाट निलम्बित

राष्ट्रिय |


आलम सांसद पदबाट निलम्बित


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २७ गते । संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्य मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्बन गरेको छ । हत्या अभियोगमा आलम आइतबार रौतहटबाट पक्राउ पर्नुभएको थियो ।
संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ को उपनियम(३) को प्रयोजनका लागि सोही नियमावलीको नियम २४४ को उपनियम (२) बमोजिम सूचना प्रकाशन गर्नुभएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २४४ (३) ले कुनै सदस्यलाई फौजदारी अभियोगममा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पूपक्र्षको लागि थुनामा रहेमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन् र त्यस्तो अवधि भर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने व्यवस्था गरेको छ ।
आलम रौतहट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुहुन्छ । सचिवालयले जिल्ला प्रहरी कार्यालय, रौतहटबाट आलम कत्र्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा परेको व्यहोराको पत्र प्राप्त भएको उल्लेख गरेको छ । प्रहरीले आलमलाई पक्राउ गर्नु अघि रौतहट जिल्ला अदालतबाट सोमबार नै अनुमति लिएको थियो ।
काँग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका आलममाथि २०६४ साल चैत्त २७ गते उहाँको गृहनगर राजपुरमा भएको बम विष्फोट घटनाका घाइतेहरुलाई जिउँदै जलाएको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?