logo
२०८१ मंसिर १० सोमवार



पूर्व सभामुख महरालाई थप तीन दिन थुनामा राख्न आदेश

राष्ट्रिय |


पूर्व सभामुख महरालाई थप तीन दिन थुनामा राख्न आदेश
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । संसद सचिवालयकी एक महिला कर्मचारी माथि हिंसा तथा दुव्यबहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडांै जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले उहाँ पक्राउ परेको दिन असोज १९ गतेदेखि १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको रजिष्टार आन्नदप्रसाद श्रेष्ठले बताउनुभयो
प्रहरी प्रभाग सिंहदरवारको हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिए पछि उपचारका लागि उहाँलाई अहिले नर्भिक अस्पतालमा राखिएको र दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि उहाँलाई सिधै काठमाडौं जिल्ला अदालत लगिएको थियो । महिला माथि दुव्र्यबहार भएको आरोपमा महरालाई दश दिन अघि प्रहरीले सभामुखको निजी निवासबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?