logo
२०८१ मंसिर १० सोमवार



संखुवासभाबाट ५ किलो सुनसहित एक पक्राउ

राष्ट्रिय |


संखुवासभाबाट ५ किलो सुनसहित एक पक्राउ


ध्यान कुलुङ
सङ्खुवासभा, असोज २८ गते । जिल्लाको भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित एकजना पक्राउ परेको छ । भोटखोला गाउँपालिका–२ लिङगमबाट खाँदबारी नगरपालिका–१ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले पक्राउ गरेको हो ।

भोटेको साथबाट सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । भोटेलाई चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा उक्त सुन र नगद फेला परेको बताईएको छ ।

पक्राउ परेका भोटेलाई सदरमुकाम खाँदबारी ल्याउन थप जनशक्ति त्यस तर्फ पठाईएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मिमबहादुर लामाले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भएपछि मात्र थप कुरा आउने प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो । घटनाको प्रमाणीकरण पछि थप जानकारी गराईने उहाँले बताउनुभयो ।
बरामद भएको सुन कहाँ लैजान लागिएको हो भन्ने खुलेको छैन ।

यातायातको असुविधाका कारण झोला वा डोकोमा सामग्री ओसार पसार गर्नुपर्ने संखुवासभामा यति ठूलो परिमाणको सुन पक्राउ परेको पहिलो घटना हो । भोटेखोला २ लिङगमबाट तीन दिनको पैदल दुरीमा पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?