शिवा तामाङ
काठमाडौँ, असोज २९ गते । ‘विश्व सम्पदा पदमार्ग’बारे सरोकारवालाहरूमा पर्याप्त जानकारी नभएको पाइएको छ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू र हनुमानढोका दरबार क्षेत्र जोड्ने गरी पदमार्गको खाका बनाएको छ तर यसबारे सरोकारवालाले पर्याप्त जानकारी नपाएको गुनासो गरेका छन् । पदमार्गबारे गुरुयोजना बनिसकेको छ । यसमा सरोकार स्थानीयले पनि सहभागिताका लागि चासो राखेका छन् । महानगरपालिकाले पाँच महिनाअघि गते वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर सार्वजनिक गरेको ‘विश्व सम्पदा पदमार्ग’को गुरुयोजनाबारे सरोकारवालाले नै सूचना नपाएको गुनासो गरेका हुन् ।
दुई विश्व सम्पदाबीचको ५० मिटरको दूरीमा पर्ने बाटोलाई विश्व सम्पदा पदमार्ग बनाउने योजनासहित काठमाडौँ महानगरपालिकाअन्तरर्गत सहरी योजना आयोगले गुरुयोजना निर्माण गरेको थियो । यो स्थानीयले आवतजावत गर्न सदियौँदेखि प्रयोग गर्दै आएका परम्परागत बाटो हो । काठमाडौँ महानगरपालिका–१५, निपुहिटी निवासी आर्किटेक्चर हरिप्रसाद वैद्यले भन्नुभयो, “एक पटक प्लेकार्ड बोक्दै केही मान्छे हिँडेका थिए तर मेरै घरअगाडिको बाटोलाई महानगरपालिकाले विश्व सम्पदा पदमार्ग बनाउने गुरुयोजना बनाएकोबारे मलाई थाहा छैनध्र”
हनुमानढोकाबाट मरुहिटी हुँदै स्वयम्भू भगवान्पाउ पुग्ने परम्परागत बाटोलाई विश्व सम्पदा पदमार्ग बनाउने कुरा स्वागतयोग्य छ, ढिलै भए पनि महानगरपालिकाले ल्याएको योजना त राम्रै लाग्यो तर यति राम्रो योजनाबारे स्थानीय बासिन्दालाई सुसूचित गर्न सके छिटो काम सम्पन्न हुने उहाँले बताउनुभयो । मरुहिटीबाट स्वयम्भू जाने बाटोमै सदियौँदेखि सञ्चालित तोरीको तेल पेल्ने पम्परागत काठको मिल (कोल) छ । त्यो कोल हाल लोपोन्मुख अवस्थामा छ । मिलका सञ्चालक किरण मानन्धर सम्झनुहुन्छ, “एक वर्षअघि मिलअगाडिको बाटोलाई विश्व सम्पदा पदमार्ग बनाउने भन्दै केही मानिस आएका थिए । अहिलेसम्म सो पदमार्गबारे छलफल गर्न कहीँकतैबाट सूचना आएको छैन ” मेश खड्गीले त्यस पदमार्गमा परम्परागत एवं प्रचलित कथन जोडिएको लुखुतीर्थलाई नसमेटेको भन्दै गुनासो गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं काठमाडौँ महानगरपालिका १५ का अध्यक्षसमेत रहनुभएका ईश्वरमान डङ्गोलले सो पदमार्गको गुरुयोजनाअनुसार नै पदमार्ग निर्माणको कार्ययोजना अन्तिम चरणमा पुगेको बताउनुभयो । अनुमानित लागतसहित सार्वजनिक शौचालय र बाटोमा ढुङ्गा ओछ्याउने कि इँटा प्रयोग गर्ने भन्नेबारे लागतसहितको योजना अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले यस पदमार्गमा पर्ने सम्बन्धित वडाले नै सर्वसाधारणसँग काम गरिरहेका गुठी, खलः पुच, बद्धिजीवी, क्लबसँग छलफल गर्दै आएको दाबी गर्नुभयो ।
यस पदमार्गमा चोक, गल्ली, पाटी, ढुङ्गेधारा मन्दिर, चैत्य स्तूपासहित करिब २० वटा धार्मिक एवं पुराताŒिवक महŒवका सम्पदा छन् । स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्ने, आन्तरिक तथा बाह्य पर्यटनको विकास गरेर स्थानीयको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ सो पदमार्गको गुरुयोजना तयार गरेको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।
हनुमानढोका दरबार क्षेत्र र स्वयम्भू विश्व सम्पदा सूचीमा सूचीकृत सबैभन्दा छोटो दूरीमा रहेका दुई विश्व चर्चित सम्पदा हुन् । सोही सम्पदा जोड्ने बाटो वरपर विगतमा आ–आफ्नै डिजाइनअनुसार स्थानीयले घर निर्माण गरेका थिए । त्यस क्षेत्रमा बनेका घर हाल कतिपय जीर्ण अवस्थामा समेत छन् । महानगरले त्यस्ता घरहरूलाई परम्परागत स्वरूप दिने लक्ष्य बनाएको छ । साथै त्यहाँका सबै चोक गल्लीलाई भित्ते चित्रकला, मूर्तिले सजाउने, आराम गर्दै कफी खाना पाइने गरी चोकमा ढुङ्गा ओछ्याउने,
बत्तीले सजाउने समेत गुरुयोजना बनेकोे छ ।
महानगरपालिकाले हरेक वर्ष विश्व सम्पदा दिवसमा त्यस बाटोमा ‘विश्व सम्पदा पैदल यात्रा’को आयोजना गर्दै आएको छ । धेरै घरहरू परम्परागत रूपमै छ भने जीर्ण घरहरूमा मूल्यवान् काठका बुट्टा काटिएका पुरानो शैलीका झ्याल, ढोका देखिन्छन् । ती फ्याल ढोका पनि अहिलेको सन्दर्भमा सम्पदा नै हुन् । त्यस्ता सामग्रीको संरक्षण गर्ने, विभिन्न सङ्केतसहित त्यस बाटो वरपरका विभिन्न पसल, कवललाई कफी पसल वा पर्यटन प्रवद्र्धनका लागि आवश्यक सामग्रीको बिक्री वितरण गर्ने पसलमा बदल्ने तयारीका साथ गुरुयोजना बनेको महानगरपालिकाअन्तरर्गत सहरी विकास आयोगमा कार्यरत आर्किटेक्चर इन्जिनियर रजिता शाक्यले बताउनुभयो ।
यस पदमार्ग हनुमानढोकाबाट सुरु भएर काष्टमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाः हिटी, साः (तेल मिल) पुगिन्छ । त्यहाँबाट चस्वाद्व, सुन्ता गल्ली, पाछै गल्ली, नरदेवी द्यःछे, आयुर्वेदिक अस्पताल, लोकेश्वर गल्ली, बुरांखेल, म्येछ्यो हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी(भीमसेन मन्दिर), धिमे ल्वहँ, चारा हिटी, भुइँखेल हुँदै स्वयम्भू पुगेर टुङ्गिन्छ ।