logo
२०८१ मंसिर १० सोमवार



सांसद पार्वत गुरूङलाई साधारण तारेखमा छाड्न आदेश

राष्ट्रिय |


सांसद पार्वत गुरूङलाई साधारण तारेखमा छाड्न आदेश


नरायण काफ्ले
काठमाडौं, कात्तिक ३ गते । ज्यान मार्ने उद्योग गरेको अभियोगमा काठमाडौ जिल्ला अदालतमा हाजिर हुनु भएका पार्वत गुरूङलाईे साधारण तारेकमा छाड्न आदेश दिएको छ
उहाँ आजै अदातमा हाजिर हुनु भएको हो ।
उहाँले विरुद्ध वीरध्वज खड्काले गत बैशाख २९ ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नु भएको थियो । सो मुद्दामा बयान दिन उहाँलाई अतालतले कात्तिक १४ गते भित्रमा हाजिर हुन म्याद तामेली गरेको र सोही अनुसार उहाँ आज हाजिर हुन जानुभएको थियो ।
उहाँको अदातलमा वयान पछि भएको थुनछेक बहसमा उहाँलाई न्यायाधीश पुर्णेश्वर उपाध्यायको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको जिल्ला अदालत काठमाडौंका रजिष्टार आनन्द श्रेष्ठले बताउनुभयो ।
विगतको स्थानीय तहको निर्वाचनका बखत काठमाडौंको गौशालामा दोलखाकै वीरध्वज खड्काले गुरुङको समेत संलग्नतामा आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?