logo
२०८२ जेष्ठ २६ आईतवार



नेकपाबाट कांग्रेसले संगठन विस्तार सिक्नु पर्छ–नेता महत

राष्ट्रिय |


नेकपाबाट कांग्रेसले संगठन विस्तार सिक्नु पर्छ–नेता महत


सिन्धुपाल्चोक, कातिक ७ गते ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाल कम्युनिष्ट पार्टीबाट नेपाली कांग्रेसले राम्रा कुराहरु सिक्नु पर्ने बताउनु भएको छ ।
नेपाली कांगे्रस सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ ले बिहिबार बाह्रबिसेमा गरेको बडा दशैं, शुभ दीपावली, नेपाल सम्ंवत, छठको अवसरमा आयोजित चियापान कार्यक्रमलाइ सम्बोधन गदै उहाँले नेकपाबाट कांग्रेसले सगंठन बिस्तार र प्रचार गर्न सिक्नु पर्ने बताउनु भएको हो ।

सडक, विद्यालय, बिजुली, उद्योग, कलकारखाना, स्वास्थ संस्थाका साथै बिकास निमार्ण र पूर्वधार बिकासका काम कांग्रेसले गरेका कामहरुको प्रचार गर्न सके मात्रै पनि आँउदो चुनावमा कांग्रेसको बहुमत आउने दावी गदै डा. महतले कांग्रेसीहरु जनताको घरघरमा पुगेर दुखसुखमा साथ दिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?