logo
२०८१ मंसिर ९ आईतवार



चितवन च्याम्पियन्स लिग क्रिकेटको विजेता

राष्ट्रिय |
खेलकुद |


चितवन च्याम्पियन्स लिग क्रिकेटको  विजेता


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ७ गते । चितवन राइनोजले काठमाडौंमा जारी वुमन्स च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । चितवनले उपाधि ट्रफीसँगै सात लाख नगद रुपियाँबाट पुरस्कृत भएको हो ।
चितवन राइनोजले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याउँदै क्याट क्विन्स काठमाडौंले २० ओभर खेलेपनि मात्र ६७ रनमा खुम्चिन पुग्यो । र चितवनबाट ४५ रनको हार बेहोरेको काठमाडौं क्याट क्विन्स च्याम्पियन्स लिगको उपविजेतामा सिमित हुन पुग्यो । तेस्रो ओभरमा ओपनर शोभा आलेको रुपमा पहिलो विकेट गुमाएको काठमाडौंले आठौं ओभरसम्म पुग्दा चार विकेट गुमाएपछि उसको जितको सम्भावना सकिएको थियो । अप्सरी बेगमले सर्वाधिक १५ तथा इश्वरी विष्ट १३ रनको योगदान गर्नुभयो ।
चितवन राइनोजका लागि रितु कनौजिया र सुमन खतिवडाले सर्वाधिक तीन तीन विकेट लिनुभयो । रेखा रावलले एक विकेट लिनुभयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको चितवन राइनोजले पुरा २० ओभर खेलेर चार विकेटको क्षतिमा ११२ रनको औसत योगफल तयार गरेको थियो । चितवनका लागि कञ्चन श्रेष्ठ र काजलले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरेको थियो । चितवनको पारीमा कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१ तथा सुमन खतिवडाले सर्वाधिक २९ रन बनाउनुभयो ।
काठमाडौंका लागि संगिता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?