सुरेन्द्र खत्री
रुकुम (पश्चिम), कात्तिक ८ गते । रुकुम पश्चिमको चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
चौरजहारीबाट सिमेन्ट लिएर सानीभेरी गाउँपालिकातर्फ जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सानीभेरी गाँउपालिका –१ का २२ बर्षीय महेन्द विक र सहचालक सोही निवासी २७ बर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको हो ।
बिहिबार राती चौरजहारी नगरपालिका र सानीभेरी गाँउपालिकाको सीमाना क्षेत्र सल्यानी पँधेरामा ट्रयाक्टर दुर्घटना भएको थियो । मदिरा सेवन गरेर ट्याक्टर चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । जाजरकोटको मटेलाबाट मदिरा ल्याइ चौरजहारी नगरपालिकाको मेलैनाउली बजारमा खाएर ट्याक्टर चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।
मृतकको साथमा समेत सोफी नामको रक्सी भेटिएको बताइएको छ । ट्याक्टर सडकबाट २० मिटर तल खसेको प्रनाउ खड्काले जानकारी दिनुभयो । मृतक दुबैजनाको शुक्रबार जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरिएको छ ।