logo
२०८१ मंसिर ८ शनिवार



कालिकोट तुइनमुक्त जिल्ला

राष्ट्रिय |


कालिकोट तुइनमुक्त जिल्ला


पुष्पराज भट्टराई
मान्म, कात्तिक ८ गते ।

कर्णाली र तिला नदीमा रहेका तुइनमा झुन्डिएर जोखिमपूर्ण नदी वारपार गर्नुपर्ने बाध्यताबाट कालिकोटवासी मुक्त भएका छन् । सरकारले चार वर्षअघि तुईन हटाउने घोषणा गरेर अभियान संचालन गरेपछि कालिकोटमा तुईन हटाइ ठाँउठाँउमा झोलंगे पुल निर्माण भएका हुन् ।
राज्य पक्ष र तत्कालीन नेकपा माओवादी पक्ष विचको सशस्त्र द्वन्द्वमा क्षतिग्रत तिला र कर्णाली नदीका ६ वटा पुल शान्ति प्रक्रिया सुरु भएलगत्तै २०६४ सालमा बनेपनि अन्य ठाउँमा हालिएका तुइन हटाउन सकिएको थिएन ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशभरका तुइन विस्थापन गर्ने कार्य योजनासहित काम सुरु गरिएपछि कालिकोटमा उक्त उपलब्धि भएको जिल्ला समन्वय समितिका प्राविधिक कम्वरबहादुर वमले बताउनुभयो । पुराना तुइन नहटाइएपनि प्रयोगविहीन बनेका छन् । ‘कालिकोट अब तुइन मुक्त भयो तर, तुईनमुतm जिल्ला घोषण हुन भने अहिलेसम्म सकेको छैन, प्राविधिक वमले भन्नुभयो, ‘मुख्य नदी र ठूला खोलामा तुइन हटिसकेका छन् ।’ उहाँले केही ठाउँमा स्थानीयले नदीपारिको घाँस दाउरा ओसार पोसार गर्न लठ्ठा हालेको भएपनि झोलंगे पुल निर्माण गर्ने परियोजनाहरुको रेकर्डमा कतै तुइन छैनन् । विगतमा दुर्गम क्षेत्र विकास समिति, जिविस लगायतले पुल निर्माणमा सहयोग गरेको भएपनि चार वर्ष यतादेखिको अवधिमा बनेका धेरैजसो नेपाल सरकारको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको सहयोगका कालीकोटमा तुइन हटाइएका छन् ।
प्राविधिक वमका अनुसार कालिकोटमा पुराना र नयाँ गरी ७४ झोलुंगे पुल बनिसकेका छन् ।

पुलको विकल्पमा बनाइएका तुइनबाट नदी तर्दा स्थानीयलाई सास्ती थियो । ०५८ यता तुइनबाट खसेर कालिकोटमै १० जना भन्दा बढीले ज्यान गुमाएका थिए । धेरै बढीका हातका औंला काटिएका छन् । स्थानीय खुलालु, जारकोट, भात्तडी, लालीघाटको गेजबजार, जीतेबजार, लाफा, पान्तडी, पिली, भिग्मलगायतका ठाउँमा तिला र कर्णालीका पूरै तुइन विस्थापन भइसकेका छन् । रहगाड, सान्नीगाड, फुगाड, तिपगाड, भर्तागाड, बालीगाड, झ्यागाडलगायत खोलामा पनि झोलुंगे पुल बनेको छ ।

तर, तुइन कतै हटाएका छन्भने, कतै हटाइएका छैनन् । नहटाइएका तुइन भने प्रयोगमा छैनन । जिल्लामै सबैभन्दा बढी आवतजावत हुने खुलालु र जितेबजारको तुइन विस्थापन भएर झोलुंगे पुल बनेपछि त्यस क्षेत्रका बासिन्दालाई निकै सहज भएको हेल्भटासका प्राविधिक अर्जुन विष्टले बताउनुभयो ।
कर्णाली नदीको खुलालु तुइनमा झुन्डिएर नदी सामान वारपार गदै आधा जिवन विताएका लालुका लोकबहादुर दर्जीले खुलालु पुल बनेपछि आउजाउमा सजिलो भएको सुनाउनुभयो । लोक बहादुर मात्र होइनन्, लालुकै स्थानिय रोमन विष्टले वर्षांैदेखि बन्न नसकेको पुल दुई वर्षअघि सरकारले तुइन विस्थापन योजना ल्याएपछि पुल बनाउने काम सुरु भएर ९ महिनाअघि उद्घाटन भएको सुनाउनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?