गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ९ गते । प्रधानमन्त्री केपी शर्माले पूर्व सविधानसभा सदस्य तथा तत्कालीन नेकपा (एमाले)का केन्द्रीय सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएको खबरले अत्यन्त दुःख लागेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ट्विट गर्नुहुँदै दिवंगत सुवेदीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
त्यसैगरी, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ट्विट गर्नुहुँदै कमला सुवेदीको असामयिक निधनको खबर सुनेर स्तब्ध भएको बताउनुभएको छ ।
उहाँले दिवंगत कमलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।