logo
२०८१ मंसिर ८ शनिवार



हवाईजहाज चढ्न काठमाडाैं पुग्नै पर्दैन : मन्त्री भट्टराई

राष्ट्रिय |


हवाईजहाज चढ्न काठमाडाैं पुग्नै पर्दैन : मन्त्री भट्टराई


महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक १४ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाईजहाज चढ्न काठमाडौं पुग्नु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भएको छ । बिहिवार महोत्तरी जिल्लाको पिपरा गाँउपालिका पुग्नु भएको मन्त्री भट्टराईले जनकपुर विमानस्थल क्षेत्रीय र निजगढलाई राष्ट्रिय स्तरको रंगशालाको रुपमा विकास गरिने बताउनु भयो । ‘अब छोरानातीहरु विदेश जान प्लेन चढ्न काठमाडौं जानु पर्ने बाँध्यताको अन्त्य हुनेछ’ मन्त्री भट्टराईले भन्नुभयो ।

मैथिली भाषाका महाकवि विद्यापतिलाई राष्ट्रकविको रुपमा सम्मान गर्न सरकार लागि परेको बताउन ुभएको छ ।

देशकै महाकवि विद्यापति भएकोले उहाँलाई सम्मान गरिने बताउनुहुदै पिपरा गाउँपालिकाको बनौलीमा विद्यापतिको विशाल शालिक निर्माण सहित विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभयो ।
विद्यापतिको १२ वर्षे प्रवासकालीन गढको रुपमा चिनिएको पिपरा गाउँपालिकाको बनौलीलाई पर्यटकीयस्थलको रुपमा चिनाउन विद्यापतिको नामबाट यो गाउँलाई अगाडी बढाउने बताउनुहुदै यसक्षेत्रमा धार्मिक साँस्कृतिक सर्किट बनाउन समेत सरकार लागिपरेको बताउनुभयो ।\

मैथिली साहित्य र भाषाका महाकवि विद्यापतिको कर्मभूमि आइपुग्दा खुशी र गर्व समेत लागेको बताउनुहुदै मन्त्री भट्टराईले भन्नुभयो,‘मैथिली भाषा बोल्नेको मात्रै नभई विद्यापति देशकै राष्ट्रिय महाकवि भएकोले म मन्त्री भएर आए लगत्तै विद्यापतिलाई राष्ट्रिय महाकविको रुपमा सम्मान गर्न अगाडी बढेको हुँ ।’

हाम्रो मन्त्रालयले विद्यापतिलाई राष्ट्रिय महाकविको रुपमा स्थापित गर्न पूर्वाञ्चलको इलाम जिल्लाको कन्यामको सुन्दर र रमणीय ठाउँमा समेत शालिक निर्माण गर्ने घोषणा गरिसकेको जानकारी गराउनुहुदै मन्त्री भट्टराईले नेपालको विभिन्न ठाउँहरुमा यस्ता शालिक निर्माण गरिने वताउनुभयो ।
प्रदेश नं. २ धार्मिक र साँस्कृतिक हिसाबले एकदमै महत्वपूर्ण रहेको चर्चा गर्नुहुदै सबैसंग समन्वय गरेर सल्लाह गरेर सप्तरीको छिन्नमस्तादेखि बाराको गढीमाईसम्म एउटा धार्मिक, साँस्कृतिक सर्किट बनाउने घोषणा गरिने जानकारी समेत मन्त्रीले दिनुभयो ।
त्यसैगरी जनकपुरदेखि पशुपतिनाथ, पशुपतिनाथदेखि मुक्तिनाथ र मुक्तिनाथदेखि दामोदरकुण्डसम्मको रामायण सर्किटलाई समेत कार्यान्वयनमा ल्याउन मन्त्रालय लागिसकेको बताउनुहुदै उहाँले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाममा गर्नुभएको संयुक्त घोषणालाई मुर्तरुप दिइने वताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?