logo
२०८१ मंसिर ११ मंगलवार



बालिका अपहरणको आशंकामा दुई भारतीय नागरिक पक्राउ

राष्ट्रिय |


बालिका अपहरणको आशंकामा दुई भारतीय नागरिक पक्राउ


राजविराज, कात्तिक १५ गते ।सप्तरीमा एक बालिकालाई अपहरण गरी लादै गरेको अवस्थामा दुई जना भारतीय युवा नागरिकलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा भारत बिहार राज्यको सुपौल बथनाहाका २० वर्षीया आनन्द गौसामी र सुपौलकै भिडियाघाटका २२ वर्षीया अमिर झा रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज प्रहरी निरीक्षक कमलकुमार लुगेंलीले जानकारी दिनुभयो । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारबाट बालिकालाई अपहरण गरी लादै गरेको अवस्थामा बिहीबार बेलुका उनीहरुलाई नियन्त्रणमा लिएको हो । हनुमाननगर मामा घर आएकी मोरङ्गको कर्चियाका सञ्जय शर्माकी ८ वर्षीया छोरी आचल शर्मालाई ललाईफकाइ बिस्कुट खुवाएर साइकलमा अपहरण गरेर लग्ने क्रममा बालिकाका मामासहित स्थानीयले दुवै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हनुमाननगरका पत्रकार अजय भगतले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुले थप चिया र बिस्कुट दिने प्रलोभन दिएर भान्जीलाई बजारबाट करिब पाँच सय मिटर पश्चिमतर्फ पु¥याएको बेला आफुले देखेपछि स्थानीयहरुको सहयोगमा दुवैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको आचलका मामा रवि शर्माले जानकारी दिनुभयो ।
तत्कालै उनीहरुसँग सोधपुछ गर्दा बालिका र पक्राउ परेकाबीच कुनै किसिमको सम्बन्ध नदेखिएको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक कमलकुमार लुगेंलीले दुबै जनाको शरीर खानतलाशी गर्दा एउटा प्लाष्टिकको बोरा भेटिएकोले शंकास्पद रहेको बताउनुभयो । थप अनुसन्धानका लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय राजविराजमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?