logo
२०८१ मंसिर ११ मंगलवार



सामान्य बन्दै कपिलबस्तु, १० बुँदे सहमति

राष्ट्रिय |


सामान्य बन्दै कपिलबस्तु, १० बुँदे सहमति


लुम्बिनी समाचारदाता
बुटवल, कार्तिक १५ गते ।बुधबारदेखि कपिलबस्तु जिल्लामा उत्पन्न भएको तनाव अहिले साम्य हुंदै गएको छ । बिहीबार रातिसम्म भएको वार्तामा दुई पक्षविच सहमति भएपछि अवस्था सामान्य बन्दै गएको हो ।
प्रदेश ५ प्रदेश प्रहरी प्रमुख नवराज पोखरेलका अनुसार सहमतिपछि बिहीबार राति नै लक्ष्मीपूजाको मूर्ति विर्सजन गरिएको छ भने मृतकको पोष्टमार्टम र दाहसंस्कार प्रकृया पनि अघि बढेको छ ।

लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीय समूहहरुबीच विवाद भएपछि बुधबार र बिहिबार जिल्लाको कृष्णनगरमा असामान्य अवस्था उत्पन्न भएको थियो । स्थिती नियन्त्रणमा लिन जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाकै क्रममा गोली लागेर बिहिबार २० वर्षीय सुरजकुमार पाण्डेको मत्यु भएको थियो ।

स्थिती तनावपूर्ण बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघ लगायत स्थानीय संघ संस्था र अधिकारकर्मीहरुको सहभागितामा दुई पक्षविच वार्ताको पहल भएको थियो । वार्तामा बिभिन्न दश बूंदे सहमतिपछि अवस्था सामान्य बन्दै गएको प्रबक्ता पोखरेलले जानकारी गराउनुभयो ।
सहमति पत्रमा मृतक पाण्डेको परिवारलाई क्षतिपूर्ति र मृतकलाई सहिद घोषणाका लागि सम्वन्धित निकायमा सिफारिस गर्ने, घटनामा संलग्नहरुलाई कानुनी कार्वाही गर्ने,आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने,घाईतेहरुको उपचार गर्ने,सुरक्षा ब्यवस्था मिलाउने लगायतमा बूंदाहरु उल्लेख छन् ।

सहमतिपछि परिस्थिती हेरेर कफ्र्युलाई क्रमशः घटाउँदै लैजान तयारी भएको जिल्ला प्रशासन कार्यलय कपिलबस्तुले जनाएको छ ।
दुई दिनसम्म भएका असामान्य घटनामा प्रहरी र सर्वसाधारण गरी करिब एक दर्जन घाईते भएकाथिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?