logo
२०८१ मंसिर ११ मंगलवार



लोकतन्त्रको लडाई सकिएको छैन: देउवा

राष्ट्रिय |


लोकतन्त्रको लडाई सकिएको छैन: देउवा


अमरराज नहर्की
तनहुँ, कात्तिक १६ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको लागि काँग्रेसले अभैm लडाई गर्नु परेको बताउनुभएको छ । प्रजातन्त्रका सेनानी नेपाली कांग्रेसका नेता स्व.गोवर्धवन शर्मा पोखरेलको ‘आत्मवृत्तान्त मेरो जीवन यात्रा’ भाग–१ पुस्तकको शनिबार दमौलीमा लोकार्पण गर्दै सभापति देउवाले उक्त कुरा बताउनु भएको हो ।
काँग्रेसले २००६ सालदेखि लोकतन्त्र, अभिव्याक्ति स्वतन्त्रता लड्दै आएको हो, सभापति देउवाले भन्नुभयो, सरकारले दुई तिहाईको घमण्ड गरी वाक स्वतन्त्रतता, लेख्न पाउने अधिकार खोस्न उन्मूख भएकाले काँग्रेसले खबरदारी गरेको बताउनुभयो ।
सर्वसत्तावादी, अधिनायकवादी कम्प्युनिष्टको सिद्धान्त हो बहुमत छ भनेर अघि बढे कुनै पनि बाहानामा खोस्न नदिन पार्टीले लड्ने बताउनुभयो । लोकतन्त्रमा प्रतिस्पर्धा गर्नु पर्ने वैरभाव पनि गर्नु पर्ने उल्लेख गर्दै उहाँले समृद्धीको लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
गोवर्धन शर्मा सङघर्षशील, निष्ठावान र पार्टीको खातिर आफ्नो जीवन जोखिम पारेर हिड्ने इमान्दार सिपाई भएको पनि सभापति देउवाले बताउनुभयो । निर्वासनमा भएको बेला भारतमा भेटभई शर्मासँग संगत भएको पनि सभापति देउवाले स्मरण गर्नु भयो । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी आत्म आलोचना सहितको नयाँ ढङ्गले अगाडि बढ्नु जरुरी रहेको बताउनुभयो ।
पार्टीको लोकतन्त्रको भ¥याङ चढेर लोकतन्त्र सिद्धाउन खेल खेलमा कतिपय नेता लागेको उल्लेख गर्दै गल्तीलाई आत्मआलोचना गरी अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । महामन्त्री डा.शशांक कोइरालाले गुट÷उपगुट निरुत्साहित गर्दै पार्टी एक ढिक्का भएर हिड्ने हो भने काँग्रेसले आगामी चुनावमा बहुमत प्राप्त गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले गोर्वधन शर्मा संघर्षशील मान्छे रहेको र उहाँको प्रेरणा लिएर काम गर्नु पर्ने बताउनुभयो ।
गोवर्धन शर्मा स्मृति कोषको आयोजना गरेको सो कार्यक्रम कोषका उपाध्यक्ष विष्णुप्रसाद शर्मा वाग्ले मन्तव्य राख्नुका साथै आत्मवृतान्तको वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले समीक्षा गर्नु भएको थियो । सो अवसरमा वाग्लले नेपाली काँग्रेसका इतिहासमा छुटेका कुराहरू पुस्तकमा प्राप्त गर्न मद्दत पुग्ने बताउनुभयो । पुस्तकको पत्रकार त्रिभुवनचन्द्र वाग्लेले सम्पादन गर्नु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?