logo
२०८१ मंसिर ११ मंगलवार



नेकपाले उपनिर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगायो

राष्ट्रिय |


नेकपाले उपनिर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगायो


गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १७ गते । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० सचिवालय बैठकले मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । सोही क्षेत्रबाट निर्वाचित रवीन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा मृत्युपछि श्रीमती विद्या भट्टराईलाई कास्की २ को भावी उम्मेद्वारका रुपमा त्यहिबेलादेखि नै चर्चा सुरु भएको थियो ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि दाङको ३ ९ख० मा विमला वली र भक्तपुरको १ ९क० मा देवीप्रसाद ढकाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । विमला वली सोही क्षेत्रबाट निर्वाचित उत्तरकुमार वलीको श्रीमती हुनुहुन्छ ।
प्रवक्ता श्रेष्ठका अनुसार, बाग्लुङको २ ९ख० मा राष्ट्रिय जनमोर्चाको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय भएको छ । त्यस्तै, धरान उपमहानगरपालिकाको प्रमुखमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?