logo
२०८१ मंसिर ११ मंगलवार



राष्ट्रको स्वाभिमान संसार सामु झुक्न दिने छैनौँः मन्त्री बाँस्कोटा

राष्ट्रिय |


राष्ट्रको स्वाभिमान संसार सामु झुक्न दिने छैनौँः मन्त्री बाँस्कोटा



मधुसुधन तिमल्सिना
नाला (काभे्र), कात्तिक २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले छिमेकी मुलुक भारतले सिमाना मिचिएको बिषयमा सरकारले बार्ताको माध्यमद्वारा छिट्टै टुङ्गोमा पु¥याउने भएकाले न आतिन आम नागरिकलाई अपिल गर्नुभएको छ ।
शनिबार बनेपा नगरपालिका वडा न ४ को वडा कार्यालय र महादेवखोला पुल शिलान्यास तथा चण्डेश्वरी माध्यामिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले सरकारले टेबल मार्फत उक्त समस्याको समाधान गर्न लागेको बताउनुभयो ।
हाम्रो छिमेकीले एकतर्फी नक्सा जारी गरेर सिमाना मिचेको छ, त्यो हामी कदापी स्वीकार्न सक्दैनौँ । यसको समाधान सरकारले छलफलको माध्यमबाट टुङ्ग्याउन चाहन्छ, भन्नुभयो ।
उहाँले मुलुकको सार्वभौमसत्ता सबै मुलुकको उत्तिकै प्रिय हुने बताउनुहँदै हाम्रो हक, हाम्रो अधिकार, हाम्रो सिमा ऐतिहासिक प्रमाण र दसीका आधारमा स्थापित गरेरै छाड्छौँ भन्नुभयो । कहिले काँही यस्तो समस्या आउने रहेछ । तर पनि हामी एकता पूर्वक नेपाल राष्ट्रको स्वाभिमान संसार सामु नझुकाइकन राख्न ढृढ छौँ भन्नुभयो । उहाँले नेपाल राष्ट्र र देशभक्त नेपालीको साथ र सहयोगमा ति काम गरिछाड्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले सत्यको जहिले पनि जीत हुने बताउनुहुँदै सत्य र न्यायको अगाडि झुट टिक्न सक्दैन भन्नुभयो । सत्यको अगाडि झुटहरू टिक्दैन, न्यायको अगाडि बलहरु टिक्दैन, सत्य र न्यायको सँधै जीत हुनेछ भन्नुभयो । हामी हिजो जस्तो मिचित गयो भन्नेर मुन्टो लुकाउने पक्षमा छैनौँ, नत हामी वीर गोर्खाली भनेर एकै चोटी तरवार झिकेर जुध्न नै जाने छौँ । हामी हाम्रो हक, अधिकार, हाम्रो सीमा, ऐतिहासिक प्रमाण र दसीका आधारमा स्थापित गरेर छाँड्ने छौँ भन्नुभयो ।
मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले नव नेपाल युगको नेतृत्व गर्नुभएकाले अबको मुलुकमा विकास निर्माणको महाअभियान सुरुवात भएको बताउनुभयो । सरकारले अहिले योजनाबद्ध कामहरु गरिरहेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।
सरकारले गरेरका कामको नतिजा क्रमशः देखिँदै जाने छन । हामीले जे सोचेका छौँ त्यो काम गर्न अझै केही समय लाग्नेछ । योजनाबद्ध कामहरु थालनी गरेका छौँ । बाटो मात्रै विकास होइन हामी खानेपानी पनि को पनि काम गरिरहेका छौँ, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा पनि काम गरिरहेका छौँ भन्नुभयो । उहाँले विद्यालयमा व्यवहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुहँदै असल नागरिक जन्माउन शिक्षा नै पहिलो अपरिहार्य कुरा हो भन्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सांसद बसुन्धरा हुमागाईले निर्वाचनमा गरेको प्रतिवद्धता अनुसारको काम सरकारले गरिरहेको बताउनुभयो । बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाल सापकोटाले साँढे दुई बर्षमा नगरले गरेका कामको जानकारी दिनुभएको थियो । बनेपा वडा न ३ र ४ का वडा अध्यक्ष कृष्णप्रसाद दाहाल र श्यामसुन्दर श्रेष्ठले जनताले दिएको म्याण्डेट अनुसार आफूहरुले काम गरिरहेको दाबी गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?