logo
२०८१ मंसिर ११ मंगलवार

  नेकपा सचिवालय बैठक 



आयोगहरूको जिम्मेवारी तोक्यो, बोहरा अनुशासन आयोगमा

राष्ट्रिय |


आयोगहरूको जिम्मेवारी तोक्यो, बोहरा अनुशासन आयोगमा


दीपक श्रेष्ठ
काठमाडौं, कात्तिक २५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले चारवटा आयोग र एउटा प्रतिष्ठनमा पदाधिकारीको चयन गर्ने निर्णय गरेको छ
बालुवाटारमा सोमबार भएको बैठकले यो निर्णय गरे सँगै पार्टी एकीकरणले पूर्णता पाएको छ ।
बैठकले पार्टीको केन्द्रिय अनुशासन आयोगमा अमृतकुमार बोहरा तथा सचिवमा असोककुमार रोकाय लाई चायन गरेको छ । त्यस्तै केन्द्रीय लेखा आयोगमा पुष्प कडेल तथा सचिवमा टेकेन्द्र आचार्य चयन हुनु भएको छ।
केन्द्रिय सल्लाहकार समितिको केशब बडाल र सचिबमा नन्दकुमार थापा रहनु भएको छ ।
निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधब पौडेल रहनु भएको छ । त्यस्तै ज्येष्ठ कम्युनिष्ट मञ्चमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी गराउनुभयो ।
यो सँगै पार्टी एकीकरणको काम सकिएको र प्रवासमा पार्टीको संगठन नबनाउने यस अघि नै निर्णय भई सकेको र प्रवासमा रहेका शुभचिन्तकलाई अन्य माध्यमबाट जोडिने भएको छ ।
साथै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको सीमानका विषयमा नेपालले प्रमाणहरु जुटाउन लागेको र यो विषयलाई कुटनीतिक च्यानल मार्फत कुरा राखिने जानकारी गराउनु भयो
साथै उहाँले दिल्लीस्थित नेपाली राजदूत मार्फत भारतसरकारसँग यो विषयमा कुरा राखिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?