logo
२०८१ मंसिर ८ शनिवार



सडकबाट सुविधा भन्दा सास्ती धेरै

राष्ट्रिय |


सडकबाट सुविधा भन्दा सास्ती धेरै


टीकाराम उप्रेती

झापा कात्तिक २७ गते । खाने थाल पकाउने भाँडो केही धुलोनै धुलो हुन्छ । त्यतिमात्र कहाँ हो र ? घरमा सुत्ने ओछ्यानदेखि लगाउने कपडासम्म धुलोले ढपक्क ढाकेको हुन्छ ।

बिहान धोएर सुकाएको कपडा बेलुका झिक्दा धुलो हेरिनसक्नु हुन्छ । धुलोकै कारण अहिले जेष्ठ नागरिकमा दम, खोकी र छातीको रोग देखापर्न थालेको छ । यस्तै बालबालिकाहरुमा रुघाखोकी र आँखा पाक्ने समस्या देखापरेका छन् । झापाको कनकाइ नपाको सुरुङ्गादेखि झापा गाउँपालिकाहुदै भारत जोड्ने अमरपथ सडक खण्डमा आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दाले अहिले यस्तै हालत भोगिरहुन भएको छ ।

बर्षायामभरी सडक हिलो भएर बिजोक थियो । सुकिलो लुगा लगाएर हिड्न कहिल्यै पाइएन । सडकमा हिलोका कारण कतिले दुर्घटनामा ज्यानै गुमाए भने केही अझैपनि घाइते भएका छन् । बर्षातको समय त गयो । अहिले सुख्खा मौसमा धुलोले उस्तै बनाउन थालेको छ, झापाको कनकाइ नगरपालिका ५ का बर्ष ६८ का डिल्लीराम सिलवाल यस्तै समस्या भोग्नु परिरहेको गुनासो गर्नुहुन्छ ।

सुरुङ्गादेखि झापा गाउपालिका हुदै भारतको बोर्डरसम्म पुग्ने २४ किलो मिटर कच्चि सडकमा सवारी साधन चल्दा उड्ने धुलोले स्थानीयलाई सास्ती नै हुने गरेको छ । घरको छोनो देखि खेतबारीमा रोपिएको तरकारी सागपात समेत सबै धुलोले ढपक्क ढाकेको हुन्छ झापा गाउपालिका–५ शरणमति निवासी लक्ष्मीप्रसाद शिवाकोटी बताउनुहुन्छ ।

राजमार्गमा चल्ने सवारी साधनले उडाएको धुलोले यात्रन गर्ने सर्वसाधारण पनि २४ किलो मिटर दुरी पार गर्दा धुलोले बिरामी नै हुने गरेको कनकाइ नपा ५ का भिमप्रसाद शिलवाल बताउनुहुन्छ । गाडी चल्न नदिँदा पनि यातायातमा समस्या हुन्छ चल्दा पनि धुलोले खपिसक्नु हुदैन । राजमार्गभन्दा झण्डै ५ सय मिटर वरपरसम्म धुलोले असर गरेको छ । यहा दैनिक ढुवानी, सवारी साधान र अन्य गरि दैनिक दुईसयभन्दा बढी सञ्चालन हुने गर्दछन् ।

यो सडक यस अघि नै दुइ पटकसम्म पिच भइसकेको थियो । गुणस्तर नभएपछि पिच एक बर्ष पनि पुरा टिकेन । यही राजमार्गमा पुन पिच गर्न भनेर अलि–अलि भएको कालोपत्रे समेत उक्काएको दुइ बर्ष जति भयो । यसरी पिच समेत नहुने अलिअलि भएको कालो पत्रे समेत उक्काइदिएपछि अहिले यो सडकबाट सु्बिधा भन्दा बढी सास्ती भोग्नु परिहेको छ ।

पछिल्लो समय अमर थ कालोपत्रे निर्माणकालागि पञ्चबर्षे योजना अघि बढाइएको छ । २४ किलोमिटर ४७ करोड रुपयाँ समेत बिनियोजन गरिएको छ । यसको काम अघि बढिसकेको झापा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपानेले जानकारी दिनुभयो । तत्काल नभएको भन्दै केही महिना अघि स्थानीयले दवाव स्वरुप सडकमा ढाट तेर्साएर बन्द समेत गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?