logo
२०८१ मंसिर ११ मंगलवार



सिके राउतको जनमत पार्टीका उम्मेदवारद्वारा मनोनयन दर्ता

राष्ट्रिय |


सिके राउतको जनमत पार्टीका उम्मेदवारद्वारा मनोनयन दर्ता
 पिपरा गाउँपालिकाको अध्यक्षमा राजपाका उम्मेदवार रविता चौधरी, नेकपाका विक्रम चौधरी, जनमत पार्टीका अंजली देवी मण्डलसहित उम्मेदवारी दर्ता क्रममा देखिएको भिड


नागेन्द्रकुमार कर्ण
जलेश्वर, कात्तिक २७ गते । महोत्तरी जिल्लाको चारवटा ठाउँमा हुने उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार जिल्लाको पिपरा गाउँपालिका, मटिहानी नगरपालिका तथा बलवा नगरपालिकामा उपनिर्वाचनको लागि वुधबार उम्मेदवारी दर्ता गरिएको हो । पिपरा गाउँपालिकामा अध्यक्ष, मटिहानी नगरपालिका वडा नं. ६ मा वडाध्यक्ष तथा बलवा नगरपालिकाको वडा नं. २ र ८ मा वडाध्यक्षको उपनिर्वाचनको उम्मेदवारी दर्ता गरिएको हो ।

जनमत पार्टीकोे निर्वाचनमा पहिलो पटक उम्मेदवार मनोनयन

सिके राउत पार्टीको जनमत पार्टीले पहिलो चोटी निर्वाचनमा भाग लिन पिपरा तथा बलवामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि अंजली देवी मण्डललाई उम्मेदवार बनाएको छ भने बलवा नगरपालिका वडा नं. २ मा वीरेन्द्रकुमार साह तथा वडा नं. ८ मा फुलकुमारी दास तत्मालाई उम्मेदवार बनाएर उम्मेदवारी दिइएको जनमत पार्टीका नेता संजयकुमार यादवले जानकारी दिन्ुभयो ।
मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले शान्त र सहज वातावरणमा सबै ठाउँमा उम्मेदवारी दर्ता गरिएको जानकारी दिनुभयो । पिपरा गाउँपालिकामा अध्यक्ष पदको लागि ११ पार्टीले उम्मेदवारी दर्ता गराएका छन् भने ९ जना स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको छ ।
त्यसैगरी, मटिहानी नगरपालिकाको वडा नं. ६ मा छ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा तीनवटा पार्टी र तीनजना स्वतन्त्रले उम्मेदवारी दिएका हुन् । त्यसैगरी, बलवा नगरपालिका वडा नं. २ मा आठ जना तथा वडा नं. ८ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये ५ पार्टीले उम्मेदवारी दर्ता गराएका छन् भने अन्यले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
पिपरा गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपालबाट रविता चौधरी, नेपाल कम्युनिष्ट पार्टीबाट विक्रम चौधरी, नेपाली काँग्रेसबाट विजयकुमार यादव, समाजवादी फोरमबाट रामजानकी यादव, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । मटिहानी नगरपालिकामा नेकपाबाट जाकिर हुसैन, राजपाबाट रामबाबु नायकले उम्मेदवारी दर्ता गराएका छन् ।
बलवाको वडा नं. २ मा नेकपाबाट किसुनदेव साह र वडा नं. ८ मा लक्ष्मेश्वर यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
यसक्षेत्रमा अहिले सबैको ध्यानाकर्षण पिपरा गाउँपालिका रहेकाले यहाँ प्रदेशस्तरका मन्त्रीहरुदेखि लिएर प्रदेश सांसद, विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?