दीपक श्रेष्ठ
सिन्धुलीगढी, कात्तिक २८ गते । पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ ।
गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातìवविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन् । सिन्धुलीगढीको ऐतिहासिक गरिमा र महìवलाई बुझ्न नसकिएकोप्रति चिन्ता व्यक्त गर्दै इतिहासकार प्रा. दिनेशराज पन्तले भन्नुभयो, “ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ । ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो ।” उहाँले पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएकोसमेत बताउनुभयो ।
उहाँले सम्पदा क्षेत्रमा नयाँ संरचना निर्माणले पछिका अनुसन्धानमा गम्भीर असर पार्ने भन्दै सिन्धुलीगढी क्षेत्रमा वैज्ञानिक ढङ्गले खोज र अनुसन्धानसहित वीरगाथालाई सम्झाउने गरी पर्यटनको विकास गरिनुपर्ने बताउनुभयो । उहाँले सिन्धुलीगढी युद्ध एकीकृत नेपाल निर्माणको आधार भएकाले यसको गरिमा, ऐतिहासिक महìव र पुराताìिवक जीवन्ततालाई जोगाउनुपर्ने बताउनुभयो ।
पुरातìव विभागका प्रवक्ता रामबहादुर कुँवरले सिन्धुलीगढी क्षेत्रमा निर्माण भइरहेका सिँढी, प्रतीक्षालय, टहरा, स्तम्भलगायत संरचना पुराताìिवक मापदण्डभन्दा बाहिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना संरचनालाई पुरेर नयाँ निर्माण गर्न मिल्दैन ।” उहाँले सिन्धुलीगढीको अवस्था अध्ययनका लागि पुरातìवले कर्मचारी खटाइसकेको र अध्ययनपछि नै थप कारबाही अगाडि बढ्ने बताउनुभयो । पुरातìव विभागका पुरातìव अधिकृत मञ्जुसिंह भण्डारीले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार नै गढी किल्लाको संरक्षण र व्यवस्थापन हुनुपर्ने बताउनुभयो । उहाँले सिन्धुलीगढी क्षेत्रमा पुराताìिवक मापदण्डविपरित निर्माण गरिएका संरचनाले सम्पदा संरक्षणमा गम्भीर समस्या
निम्त्याएको बताउनुभयो ।
उहाँले बीपी राजमार्ग निर्माणका क्रममा पौवागढी नै सङ्कटमा परेको तर लामो विवादपछि संरक्षण गर्न सकिएकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीगढी क्षेत्र यसरी बिगारिएको छ कि त्यसको संरक्षणमा निकै जिम्मेवार पहल आवश्यक छ ।”
सिन्धुलीगढीको विकास र संरक्षणमा लामो समयदेखि पहल हुँदै आएको छ । स्थानीय सरकार गठनपछि कमलामाई नगरपालिकाले पनि गढीको संरक्षण र विकासमा काम गर्दै आएको छ । यद्यपि, विकासका प्रयासहरू पुराताìिवक मापदण्डविपरित भएकोमा सम्पदा संरक्षण अभियान्ताहरूले प्रश्न उठाउँदै आएका छन् ।
समृद्ध सिन्धुली अभियानका सौरभ ढकालले सिन्धुलीगढी र त्यस वरपरको ऐतिहासिक सम्पदालाई नष्ट हुने गरी नयाँ निर्माण थालिएकोमा आपत्ति प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पदा क्षेत्रमा नयाँ संरचना बनाउनुअघि त्यहाँ पहिला के थियो भन्ने अध्ययन र पुराताìिवक अन्वेषण नगरी पर्यटन विकासका नाममा निर्माणतिर मात्र ध्यान दिनु हुँदैन ।” उहाँले ऐतिहासिक सम्पदास्थललाई ठेक्काका रूपमा नभई स्थानीयवासीको सहभागितामा संरक्षण र व्यवस्थापनमा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ मा सिन्धुलीगढी रहेको छ । कप्तान किनलकको नेतृत्वमा आएको इस्ट इन्डिया कम्पनीको अङ्ग्रेज फौजलाई १८२४ असोज १५ गते गोर्खाली फौजले पौवागढीमा परास्त गरेको इतिहासकार प्रा. दिनेशराज पन्तले स्पष्ट पार्नुभयो । सिन्धुलीगढी क्षेत्रमा ठूलोगढी, पौवागढी (आड) र सानोगढी गरी तीनवटा गढी छन् । सो गढीलाई रणबहादुर शाहको पालामा समेत मर्मत गरिएको शिलालेखमा उल्लेख छ । गढी क्षेत्रका शिलालेख, मूर्तिहरू टुटफुट मात्र होइन, कतिपय बेपत्तासमेत भइसकेको छ ।
मल्लकालीन सो गढीगौँडाबाटै राणाकालमा समेत पूर्व २ नम्बरको प्रशासनिक कार्यसमेत सञ्चालन हुने गरेको थियो । सो क्षेत्रमा रानी दरबार, अदालत, प्रहरी चौकी, भीमसेन मन्दिरलगायत थुप्रै पुराताìिवक महìवका धरोहर जमिनमुनि बिलाइसकेको कमलामाई नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष खड्गप्रसाद चौलागाईंले बताउनुभयो ।
उहाँका अनुसार पुरानो चौकी भएको स्थानमा अहिले स्तम्भ गाडिएको छ । सिन्धुलीगढीको पुरानो चौकी गढीचौकीकै नाममा खनियाँखर्कमा स्थापना गरिएको छ ।
उहाँले सिन्धुलीगढी क्षेत्रमा प्रदेश सरकारको बजेटबाट रानी दरबार र रक्षा मन्त्रालयको बजेटबाट सङ्ग्रहालय निर्माण हुने प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार आउनु अगाडि नै ठूलोगढी जाने सिँढी, गढीमा सिमेन्ट प्रयोग गरिएको तर सानोगढीमा चुनासुर्कीकै प्रयोग गरी संरक्षण प्रयास भएको थियो । अहिले कमलामाई नगरपालिकाले गढी क्षेत्रमा रिसोर्ट सञ्चालनका लागि प्रस्तावसमेत माग गरेको छ ।
वडा अध्यक्ष चौलागाईंका अनुसार रानी दरबारभन्दा माथितिर बसेरी जाने बाटोको जङ्गलको करिब १३ रोपनी क्षेत्रफलमा रिसोर्टको प्रस्ताव आह्वान गरिएको हो । नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ ले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा आवश्यक संशोधन गरी प्रादेशिक महìवको प्राचीन स्मारक सम्बन्धित प्रदेशलाई र स्थानीय महìवको प्राचीन स्मारक सम्बन्धित स्थानीय तहलाई संरक्षण र व्यवस्थापनको जिम्मा दिइएको छ ।
सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये एक ऐतिहासिक सिन्धुलीगढी सम्पदा पनि हो । स्थानीय तहबाट ऐतिहासिक सम्पदा स्थललाई पर्यटकीय विकास गर्ने योजना राम्रो भए पनि त्यस्ता कार्य पुराताìिवक मापदण्डभित्र रहेर गर्नुपर्ने पुरातìव अधिकृत भण्डारीले बताउनुभयो ।