logo
२०८१ मंसिर ११ मंगलवार



समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल   

राष्ट्रिय |


समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल   
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल कार्यभार सम्हाल्दै । तस्बिर –सराेज ढुंगेल



काठमाडौँ,  मङ्सिर ५ गते ।  नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पु¥याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताउनुभएको छ ।    
    
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले आफूले मन्त्रालयको जानकारी लिएपछि अस्पतालका बारेमा स्थलगतरूपमा जानकारी लिने जानकारीसमेत दिनुभयो ।    
    
यसअघि उहाँ कानून न्याय तथा संसदीय मामिलामन्त्री हुनुहुन्थ्यो । बुधबार मन्त्रि परिषद् पुनर्गठित हुँदा यसअघिका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्राललयको जिम्मेवारी पाउनुभएको छ । आज नै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आफ्नो पदभार ग्रहण गर्नुभयो ।    
    
सो अवसरमा मन्त्रालयका सचिव खगराज बरालले नवनियुक्त मन्त्री ढकाल र राज्यमन्त्री रावतलाई स्वागत गर्दै मन्त्रालयको समग्र नीति तथा कार्यक्रमका बारेमा संक्षिप्त जानकारी दिनुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?