logo
२०८१ मंसिर १२ बुधवार



तत्कालीन प्रमुख उपसचिव पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा

राष्ट्रिय |


तत्कालीन प्रमुख उपसचिव पोखरेलसहित ३८ जनाविरुद्ध  मुद्दा


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर ८ गते । यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा अनुत्तीर्ण भएका परीक्षार्थीलाई उत्तीर्ण गरेको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, उपसचिव धर्मराज ढुंगाना र बाबुराम रेग्मीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

वि.सं २०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका एकहजार दुईसय ८४ जनालाई उत्तीर्ण बनाएर सवारी चलाक अनुमतिपत्र जारी गरेको अख्तियारद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नयाँ अनुमतिपत्र दिँदा पूराना अभिलेख भएको सरकारी काजगात नोक्सान गरेको र राजश्व नलिएर राजश्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना र हानीनोक्शानी गरेको उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?