logo
२०८१ मंसिर ९ आईतवार



प्रधानमन्त्री ओलीकाे एपेन्डिसाइटिसकाे शल्यक्रिया गर्ने तयारी

राष्ट्रिय |


प्रधानमन्त्री ओलीकाे एपेन्डिसाइटिसकाे शल्यक्रिया गर्ने तयारी


गोरखापत्र अनलाइन
काठमाडौं, मंङसिर १० गते । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसकाे शल्यक्रियाकाे तयारी गिरएकाे छ । 

उहाँलाइर् अहिले शल्यचिकित्सा कक्षा (अाेटी) लगिएकाे त्रिवि शिक्षणा अस्पतालका चिकित्सक डा.अरूणा सायमिले बताउनुभयाे । उहाँकाे शल्यक्रिया डा.रमेशसिहं भणडारी र डा. पलेस्मा जाेशीले गनु हुने भएकाे छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानु भएको प्रधानमन्त्री ओलीलाई चिकित्सकले अस्पतालमै भर्ना हुन सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

के हो एपेन्डिसाइटिस
मानव शरीरकोे एपेन्डिक्स नामक आन्द्रामा हुने एक प्रकारको रोग हो । एपेन आन्द्रामा हुने एक प्रकारको पातलो थैली हो जसको मानव शरीरमा खासै कुने भूमिका हुँदैन । जब यो थैलीमा कुनै संक्रमण बा अन्य कारणले यो सुनिन जान्छ त्यसपछि यसबाट निकै दुखाइकौ अनुभव हुन्छ । समयमै उपचार नगरे बिस्तारै दुखाइ बढ्न गई यसले गम्भीर रूप लिन सक्छ । यसो भए मा जति सक्यो चाँडो यसको शल्य क्रिया गर्नु पर्ने हुन्छ । यसको शल्यक्रिया खासै जटिल हुँदैन । 

समान्य अवस्थामा एपेन्डिसाइटिसकाे शल्यक्रिया गर्दा स्पाइनल एनेस्थेसिया अर्थात स्पाइनल कडर्मा सुइ लगाएर शरीरकाे अाधा भाग बेहाेस बनाइन्छ र याे शल्यक्रिया विरामी अाफेले पनि हेर्न सक्छ । यस्ताे शल्यक्रिया पछि विरामी एक दुइ दिनमा नै अस्पतालबाट डिस्चाज हुन सक्छन्

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?