logo
२०८१ मंसिर १२ बुधवार



रेलको नक्साङ्कन गरी फर्कियो चिनियाँ टोली

राष्ट्रिय |


रेलको नक्साङ्कन गरी फर्कियो चिनियाँ टोली



भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर १४ गते । उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन गरी नयाँ नक्साङ्कन प्रस्ताव गरेको छ ।
मुख्यतः केरुङ–काठमाडौँ रेलमार्ग आयोजनालाई अगाडि बढाउन छलफल गर्न नेपाल आएका चिनियाँ प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्साङ्कन (एलाइनमेन्ट) तथा स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको हो । चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मङ्सिर ९ गते काठमाडौँ आएको थियो । चिनियाँ टोली शुक्रबार स्वदेश फर्किसकेको छ ।
रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौँैं–पोखरा र काठमाडौँैं–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिनुभयो । उहाँले काठमाडौँैं–पोखरा र काठमाडौँैं–लुम्बिनी रेलमार्ग निर्माणका लागि चितवन कुरिनटारसम्म एउटै ‘एलाइनमेन्ट’ हुने अध्ययनले प्रस्ताव गरेको जानकारी दिनुभयो । स्थलगत अध्ययन टोलीमा चिनियाँसहित नेपालको रेल विभागबाट इन्जिनियर चित्रकार र अर्का इन्जिनियर नवराज भट्टको सहभागिता रहेको थियो ।  
त्यसैगरी, कुरिनटारबाट भरतपुर–भैरहवा हुँदै लुम्बिनीसम्म रेलमार्ग निर्माणका लागि नयाँ ‘एलाइनमेन्ट’ प्रस्ताव गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रेलमार्ग काठमाडौँबाट कुरिनटार भएर पोखरा जान्छ र कुरिनटारबाट लुम्बिनीका लागि छुटिन्छ ।’’ उहाँका अनुसार, प्रस्तावित यो रेलमार्गको ‘डिजाइन स्पिड’ प्रतिघण्टा दुई सय किलोमिटर हुनेछ । प्रस्तावित पूर्व–पश्चिम रेलमार्गको गति प्रतिघण्टा दुई सय किलोमिटर नै रहेको छ ।
काठमाडौँबाट पोखरासम्मको लम्बाइ १६४ किलोमिटर र कुरिनटारबाट लुम्बिनीसम्मको १५७ किलोमिटर रहेको सो अध्ययनले देखाएको जानकारी प्रवक्ता चित्रकारले दिनुभयो । त्यसैगरी, काठमाडौँदेखि कुरिनटारसम्मको लम्बाइ एक सय किलोमिटर र कुरिनटारदेखि पोखरासम्मको लम्बाइ ९८ किलोमिटर रहने अध्ययनले देखाएको छ ।
प्रवक्ता चित्रकारका अनुसार, स्थलगत अध्ययनको क्रममा काठमाडौँ–लुम्बिनी रेलमार्गको अन्तिम रेलवे स्टेसन लुम्बिनीको बुद्ध परिसरमा रहेको मायादेवी मन्दिर बाहिरको क्षेत्रलाई प्रस्तावित यस रेलमार्गको अन्तिम स्टेसन तय गरिएको छ ।
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा केरुङ–काठमाडौँलगायत नेपालमा निर्माण गरिने भनिएका रेलमार्गबारे छलफल गर्न अबको छ महिनाभित्र नेपाल र चीनको उच्च स्तरीय प्रतिनिधि मण्डलबीच २०२० को जुनमा चीनमा हुने जानकारी प्रवक्ता चित्रकारले दिनुभयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?