logo
२०८१ मंसिर ९ आईतवार



गण्डकी प्रदेशका सबै केन्द्रमा मतदान शुरू

राष्ट्रिय |
प्रदेश |


गण्डकी प्रदेशका सबै केन्द्रमा मतदान शुरू


चन्द्रप्रकाश शर्मा

पोखरा, मङ्सिर १४ गते । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचन अन्र्तगत आज गण्डकी प्रदेश भित्र पाँच स्थानका एक सय ३२ मतदान केन्द्र मध्य अधिकांश मतदान केन्द्रमा मतदान शुरु भएको छ ।

निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार बिहान सात बजेदेखिनै मतदान सुरु भएको हो । प्रतिनिधिसभा सदस्यतर्फ कास्की क्षेत्र नं. २ का ८२, प्रदेशसभासदस्यतर्फ बागलुङ २ (ख) का ४३, वडा अध्यक्षतर्फ बागलुङको बडिगाढ गाउँपालिका वडा नं. २ का दुई लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ का चार र नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. ५ का एक मतदान केन्द्रमा मतदान हुदैँछ ।

निर्वाचन कार्यालयका अनुसार कास्की २ का ३२ मतदान स्थलका ८२ वटा मतदान केन्द्रमा ७१ हजार ८७१, प्रदेशसभा सदस्यतर्फ बागलुङ क्षेत्र नं. २ (ख) ४३ मतदान केन्द्रमा ३६ हजार ९२४, वडा अध्यक्षतर्फ बडिगाढ गाउँपालिका वडा नं. २ का दुई मतदान केन्द्रमा एक हजार ७४२, लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ का चार मतदान केन्द्रमा दुई हजार २९७ र नवलपरासीको बौदीकाली गाउँपालिका वडा नं. ५ को एउटा मतदान केन्द्रमा ८५३ जनाले मतदान गर्दैछन् ।

निर्वाचनका लागि हरेक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक सहयोगी जिल्लाबाटै पठाइएको र अन्य चार जना स्वयंसेवकलाई स्थानीय स्तरबाटै मतदान अधिकृतले राख्ने गरी पठाइएको थियो । निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रति मतदान स्थल करिब १५ जनाका दरले सुरक्षाकर्मी समेत पठाइएको छ । निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले निर्वाचन हुने क्षेत्रमा शुक्रबार राती १२ बजेदेखिनै सवारीसाधन चलाउँन रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको पूर्वमा विजयपुर खोला, पश्चिम उत्तरमा हेम्जाको याम्दी पुल, दक्षिण पश्चिममा कालीमाटी खोलाबाट भित्र, बागलुङको भैसेको पुलदेखि रुकुम सिमाना तथा अन्य वडाहरुमा वडा भित्र सवारी साधन सञ्चालनमा रोक लगाएको छ । पोखरा क्षेत्र मुख्य सडक रहेको क्षेत्र रहेकाले तीन÷तीन घण्टामा स्कटीङमार्फत बीचमा कुनै सवारी साधन रोक्न नपाउँने गरी सवारी साधन सञ्चालन गरिने समेत जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?