logo
२०८१ मंसिर १२ बुधवार



इन्जिनियर र ‘इन्स्पेक्टर’ घुससहित पक्राउ

राष्ट्रिय |


इन्जिनियर र ‘इन्स्पेक्टर’ घुससहित पक्राउ


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सर्लाही, मलङ्गवामा कार्यरत प्रहरी निरीक्षकलाई घुससहित पक्राउ गरेको दाबी गरेको छ । प्रहरी निरीक्षक साहलाई ९० हजार रुपियाँ घुससहित पक्राउ गरेको आयोगले जनाएको छ ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ स्थित एक होटेलबाट साहलाई पक्राउ गरेको जनाइएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रहरी कार्यालयमा ठगी सम्बन्धित उजुरी परेको र उक्त उजुरी मिलाइदिन सेवाग्राहीसँग घुस लिइरहँदा प्रहरी निरीक्षक साहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, आयोगका अनुसार शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीमा कार्यरत इन्जिनियर त्रिलोक जोशीलाई घुससहित पक्राउ गरेको छ । उहाँले सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ घुस लिनुभएको प्रवक्ता कोइरालाले बताउनुभयो । भवन निर्माण ठेक्का सम्झौताको रनिङ्ग बिल तयार र म्याद थप लगायतको काम गरे बापत् इन्जिनियर जोशीले घुस मागेको आयोगले जनाएको छ । इन्जिनियर जोशी र ‘इन्स्पेक्टर’ साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?