logo
२०८१ मंसिर १२ बुधवार



दुई बजेसम्म हुम्लामा ६५ प्रतिशत मतदान

राष्ट्रिय |


दुई बजेसम्म हुम्लामा ६५ प्रतिशत मतदान


राजन रावत

ललि मंङसिर १४ गते । हुम्लाका पाँच वटै मतदान केन्द्रमा दिउँसो १ बजेसम्म पैसट्टी दशमलव साठी प्रतिशत मत खसेको छ । विहान ७ बजेर ७ मिनेटमा मतदान सुरु भएको थियो ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर १ को मालिका मावि लालि मतदान केन्द्रमा बढी मत खसको छ । लालिमा कुल ८८९ मतमा दिउँसो साँढे १ बजेसम्म ७९४ मत खसेको छ । यस मतदान केन्द्रमा प्रतिष्पर्धी दुबै राजनीतिक दलहरु नेकपा र नेपाली काँग्रेसले साँढे दुई सयदेखि तीन सयसम्म वारिसनामा बाट मतदान गरेका छन् ।

त्यसैगरी वडा नम्बर २ को शंकर मावि केन्द्रमा ३६८ मत खसेको छ भने ३ हुम्ला मावि रायामा ३४४ त खसेको छ । यता वडा नम्बर ४ को सीता मावि छिप्रामा ३९६ र मान्धारा मावि भकुण्डामा ३६६ मत खसेको छ । यसमा एक हजार एक सय ३७ जना महिला मतदाता रहेका छन् भने एक हजार ८५ मतदाता पुरुष रहेका छन् ।

हुम्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान कार्य भएको छ । खार्पुनाथ गाउँपालिकाको उपनिर्वाचनमा कुल तीन हजार तीन सय ८७ मतदाताहरु रहेका छन् । विहान ७ बजेर पाँच मिनेटमा सुरु भएको मतदान कार्य बेलुका ५ बजेर ५ मिनेटमा सम्पन्न हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?