logo
२०८१ मंसिर ९ आईतवार



दाङमा नेकपाको मतान्तर बढ्दै

राष्ट्रिय |


दाङमा नेकपाको मतान्तर बढ्दै


दाङ, मंसिर १५ गते । दाङ क्षेत्रनम्वर–३ को प्रदेशसभा २ मा नेकपाले अग्रता बढाउँदै लगेको छ ।

आज बिहानबाट सुरु भएको मतगणनामा अनुसार ४ हजार ७ सय ९३ मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बिमला ओलीले ८ सय १० मतको अग्रता लिनुभएको छ । ओलीले २ हजार ७ सय ४३ मत प्राप्त गर्नुभएको छ, भने नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले १ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र बबई गाउँपालिकाको वडा नं. १ को मतगणना पूरा भइसकेको छ, भने अहिले ववई गाउँपालिका वडा नं. २ को मतगणना जारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?