logo
२०८१ मंसिर ९ आईतवार



बाग्लुङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता

राष्ट्रिय |


बाग्लुङमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता


गोरखापत्र अनलाइन
कास्की, मङ्सिर १५ गते । प्रदेश सभा सदस्यतर्फ बागलुङ क्षेत्र नम्बर २ (ख) मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकामदेखि टाढा रहेका कारण शनिबार राती मात्र मतपेटिका संकलन गरिएको थियो ।

राजनीतिक दलहरुबीच ११ बजेबाटै मतगणना गर्ने सहमति भएपनि सबै दलका प्रतिनधी जुट्न नसकेका कारण १ बजेबाट मतगणना सुरु गरिएको हो । प्रारम्भिक मतपरिणाम अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ उत्तर गंगा मावि केन्द्रमाखसेको मतगणना गर्दा कांग्रेसका जित शेरचनले ५ सय २५ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले ३ सय ८६ मत लिएका छन् ।

समाजवादी पार्टीका अशोक विकले ७० स्वतन्त्र–क्लिप चिन्हमा ९ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी ६, राप्रपा संयुक्तले २ लिएको छ भने १० मत बदर भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?