logo
२०८१ मंसिर १२ बुधवार



हामी आफनै कारण त्यो पनि अन्तर्घातले चुनावमा हार्यौं:देउवा

राष्ट्रिय |


हामी आफनै कारण त्यो पनि अन्तर्घातले चुनावमा हार्यौं:देउवा


होमराज रानाभाट
कावासोती ( नवलपरासी ) मङ्सिर २० गते । नेपाली काँग्रेंसका सभापति तथा पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक र कालापानी नेपालको अभिन्न अगं भएकाले यो कुनै पनि हालतमा नेपालले छाडन् नसक्ने बताउनुभएको छ ।
उहाँले आफू प्रधानमन्त्री रहँदा लिपुलेक र कालापानी नेपालको हो भन्ने कुरामा स्पष्ट पार्दै सम्झौता नै गरेको बताउनुभयो । नेपाल प्रेस युनियन नवलप्ुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहलाई आज कावासोतीमा सम्बोधन गर्दै काग्रेंस सभापति तथा पुर्ब प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
सभापति देउवाले अहिले राष्ट्रियताको सबालमा ओली सरकार मौन बसेको भन्दै आलोचना गर्नुभयो । उहाँले बर्तमान् सरकार लिपुलेक र कालापानी को मुद्दामा मौन बसेको भन्दै आश्चर्य प्रकट गर्दै सरकारले चाँडो भन्दा चाँडो यो समस्याको हल खोज्नु पर्नेमा जोड दिनुभयो ।
काँग्रेंस सभापति देउवाले बर्तमान् सरकार अहिले मुलुकमा कम्युनिष्ट शासन लगाउने खेल भैरहेकाले संबिधानको रक्षा गर्दै लोकतन्त्रको रक्षाका लागि काँग्रेंस जिम्मेवार भएर अघि बढनु पर्ने चुनौती आएको बताउनुभएको छ ।
नेपाली काँग्रेंस का सभापति देउवाले कम्युनिष्टहरू चरित्रले नै अधिनायकबादी हुन्छन् र उनहिरूको अधिनायकबादलाई रोक्न काँग्रेसको आबश्यकता र एकता दुबै अपरिहार्य बनेको बताउनुभयो र भन्नुभयो पार्टीमा एकता नभएसम्म हामी अघि बढन् सक्दैनौ र त्यसका लागि पार्टीमा एक ढिक्का आबश्यक रहेको हुन्छ ।
सभापति देउवाले कम्युनिष्टहरु दुई पार्टी भएर पनि एक भएर चुनाब लडे तर काग्रेंस एक पार्टी भएर पनि दुई गुट भएर चुनाबमा जाँदा पार्टीको हार भएको हो र हामी आफनै कारण त्यो पनि अन्र्तघातका कारण चुनाबमा हार्न पुगेका हौं भन्नुभयो । अबको आफनो योजना पार्टीलाई एक बनाएर आगामी चुनाबमा एक नम्बरको पार्टी बनाउने रहेको पनि सभापति देउवाले स्पष्ट पार्नुभयो ।
सो समारोहमा सभापति देउवाले बरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका पुर्ब कार्यकारी अध्यक्ष किशोर नेपाललाई यस बर्षको सूर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार २०७६ बाट रु २५,१२५।नगद सहित दोसल्ला र ताम्रपत्रद्धारा सम्मान गर्नुभएको थियो ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?