logo
२०८१ मंसिर १२ बुधवार



सरकारको ध्यान पूर्वाधा र निर्माणमा

राष्ट्रिय |


सरकारको ध्यान पूर्वाधा र निर्माणमा


बुटवल समाचारदाता

बुटवल, मङ्सिर २५ गते । प्रदेश ५ का मुख्यमन्त्री शङ्क र पोखरेलले पूर्वाधारबिनाको विकासको उपलब्धि शून्य हुने भएकोले प्रदेश सरकारले पूर्वाधा रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले सडक, पुल, खानेपानी, बिजुलीलगायतको पूर्वाधा र नभइकन विकासको कल्पना पनि गर्न नसकिने भन्दै पूर्वाधा रको विकास भए मात्रै सह रलाई गाउँ र तराईलाई पहाडसँग जोड्न सकिने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमद्वारा तयार मानव विकास प्रतिवेदन २०१९ मङ्गलबार बुटवलमा सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले मुलुकमा तीन तहको सरकार बनेपछि विकासले तीव्र गति लिएको बताउनुभयो । उहाँले हरेक कुरालाई निराशाका रूपमा हेर्ने हाम्रो प्रवृत्तिका कारण केही नभएको जस्तो प्रतीत भइरहेको भन्दै तर विकासका सवालमा विगत दुई वर्षको अवधिमा धेरै काम अघि बढेकोले निराश हुने कुनै आधार नभएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले पहिलो वर्षलाई कानुन निर्माणको वर्षका रूपमा लिएको र दोस्रो वर्षलाई आवधिक योजना तयारीका वर्षका रूपमा लिएको बताउनुभयो । उहाँले अहिले उत्पादनमा वृद्धि भएको र प्रदेशले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा प्राथमिकता दिएकोले देखिने गरी प ि रणाम आउने उल्लेख गर्नुभयो ।
जनताको स्वास्थ्य बीमाले स्वास्थ्य क्षेत्रमा जनताको पहुँच बढाएको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसैगरी प्राविधिक शिक्षामा समेत प्रदेश सरकारले विशेष प्राथमिकता दिएकोले अब बेरोजगा रीको दरसमेत घट्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले जनताको आर्थिक जीवनस्तरमा सुधार भइरहेको भन्दै प्राविधिक शिक्षा, स्वास्थ्य बीमा र जनतामा पछिल्लो समय भइ रहेको सचेतना पहुँच वृद्धि नै कारण रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प ि रयोजना विज्ञ बल राम पौडेलले मानव विकास प्रतिवेदनले नेपाली जनताको जीवनस्त रमा सुधा र हुँदै गएको भए पनि छिटो आर्थिक वृद्धि हासिल गर्ने सवालमा भने अझै धेरै समय लाग्ने बताउनुभयो । युएनडीपीका प्रदेश ५ संयोजक सुदीप अर्यालले नेपाल आर्थिक र लैङ्गिक हिसाबले समान अवस्थामा आउन अझै धेरै वर्ष लाग्ने उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र लुम्बिनी बौद्ध विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका उपकुलपति हृदय रत्न बज्राचार्यले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?