logo
२०८१ कार्तिक २२ बिहीवार



मोटर कारखानामा लगानी सम्झौता

राष्ट्रिय |


मोटर कारखानामा लगानी सम्झौता


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २६ गते । रुपन्देहीको मोतीपुरमा सवारीसाधन उत्पादन गर्ने उद्योग स्थापना गर्न कोरियाली लगानीकर्ता र लगानी बोर्ड नेपालबीच परियोजना लगानीसम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ ।
चारपाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने लक्ष्यसहित कोरियाको मोर्टरेक्स कम्पनी र बोर्डबीच विभिन्न चरणका वार्ता तथा छलफलपछि एक तहको सम्झौता भएको बोर्डले जनाएको छ । १० अर्ब ५४ करोड (१० करोड ५० लाख अमेरिकी डलर) लागत अनुमान गरिएको सो परियोजनाका लागि लगानी बोर्डले लगानी स्वीकृति दिइसकेको छ ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार यसले सवारी उद्योगमा विदेशी लगानी आकर्षित गर्ने विषयमा पहिलो तहको समझदारी जुटेको हो । यो सम्झौतापछि नेपाल र कोरियाका लगानी बोर्डले उद्योग स्थापनाका लागि निर्णय गर्नुपर्ने हुन्छ । दुवै देशका लगानी बोर्डको स्वीकृतिपछि नेपालमा कम्पनी तथा उद्योग दर्ताको प्रक्रिया सुरु हुने छ । उद्योगमा शतप्रतिशत प्रत्यक्ष वैदेशिक लगानी हुने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?