logo
२०८१ मंसिर १२ बुधवार



राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दत्र्ता पुस २० गते हुने

राष्ट्रिय |


राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दत्र्ता पुस २० गते हुने


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको तालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा छ बमोजिम निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
आयोगले बुधबार सूचना प्रकाशन गरी राष्ट्रिय सभा सदस्यका लागि पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । आयोगका अनुसार १७ गते नै नामावली उपर दाबी विरोधको ऊजुरी दिने र १८ गते ऊजुरी उपर छानबीन गरी अन्तिम नामावली प्रकाशन गरिनेछ । प्रकाशित तालिका बमोजिम उम्मेदवारले पुस २० गते मनोनयन पत्र दत्र्ता गराउनेछन् । २० गते उम्मेदवारको सूची प्रकाशन गर्ने र २१ गते उम्मेवदारको विरोधमा ऊजुरी दिने तथा २२ गते मनोनयन पत्र र ऊजुरी उपर जाँचबुझ गरी आयोगले निर्णय गरी २३ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
२४ गते उम्मेदवारले मनोनयन फित्र्ता लिने समय दिइएको छ । निर्वाचन आयोगले पुस २५ गते उम्मेवदारको अन्तिम नामावली प्रकाशन र चुनाब चिन्ह प्रदान गर्नेछ ।


राष्ट्रिय सभा सदस्यको मतदान माघ ९ गतेको लागि निर्धारण गरिएको छ । संविधानको धारा ८६(३)ले एक तिहाइ राष्ट्रिय सभा सदस्यको समयावधी दुईवर्षको हुने व्यवस्था गरिएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा पहिलो पटक दुईवर्षे कार्यकालको लागि गोलाप्रथाबाट टुंगो लगाइएको थियो । फागुन २० गते एक तिहाइ सदस्यको पदावधि सकिदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?