logo
२०८१ मंसिर ९ आईतवार



सरकारबाट बाहिरिदै समाजवादी पार्टी

राष्ट्रिय |


सरकारबाट बाहिरिदै समाजवादी पार्टी


गोरखापत्र अनलाइन
ठमाडौं, पुस ८ गते । समाजवादी पार्टी सरकार छाड्ने मनस्थितिमा पुगेको छ । उसले तात्कालै निर्णय गरेर सरकार छाडने जनाएको छ ।
समाजवादी पार्टीका सह महासचिव प्रकाश अधिकारीले संविधान संशोधनको मुद्दालाई लिएर सरकारमा गए पनि संशोधनको मुद्दा सम्बोधन नहुने देखेपछि सरकार छाड्ने मनस्थितिमा पुगेको जानकारी दिनुभयो । उहाँले आजै वा भोलिसम्ममा सरकारबाट बाहिरिने निर्णय हुने खुलाउनुभयो । निर्णय लगत्तै सरकारमा सहभागी समाजवादी पार्टीका मन्त्रीले राजिनामा गर्नेछन् ।
संघीय समाजवादी पार्टीको नेतृत्व गर्दै अध्यक्ष उपेन्द्र यादब उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । त्यसैगरी, मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?